हिन्दु धर्ममा शुभ र अशुभको पुरानो मान्यता अझैपनि जिवितै छ । विभिन्न संकेतका आधारमा शुभ र अशुभका बारेमा जान्न सकिन्छ । त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ । यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो । केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् । त्यस्ता संकेतलाई सम्झनु आवश्यकता हुन्छ । केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिन्छ ।
जुन यसप्रकार छन् :
१. दीपावलीको दिन यदी कोही सुन्दरी साज–सज्जाका साथ देखिइन् भने तपाईंलाई पनि धन प्राप्त हुने संकेत हुन सक्छ । २. यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ ।
३. विहिबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ ।
४. यदी सपनामा तपाईंले लेनदेनको समयमा हातबाट पैसा खसेको सपना देख्नु भयो भने तपाईलाई धन प्राप्त हुन सक्छ ।
५.यदी कोही मानिसले सपनामा आफुलाई कानुनी मुद्दा लागेको र त्यसमा उ निर्दोष सावित भई छुटेको देख्यो भने पनि नसोचेको धन प्राप्त हुन सक्छ ।
६. जो व्यक्ति सपनामा मोती, गंगा, हार, मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ । जसले सपनामा कुमालेले घैँटो बनाएको देख्छ उसलाई पनि धन प्राप्त हुन सक्छ । जो मानिसले आफुलाई टाउको खुइलिइएको अवस्थामा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।
७. यदी तपाई धन सम्बन्धी कामको लागि बाहिर जान कपडा लगाउँदै गरेको अवस्थामा तपाईंको हातबाट पैसा खस्यो भने तपाईंलाई धन प्राप्ति हुन सक्छ ।
८. विहान सुतेर उठेको बेलामा यदी कोही मगन्ते या जोगी तपाईंको ढोकामा आयो भने त्यसलाई खाली हात नफर्काउनुहोस् । किनकी तपाईलाई नमागीकनै धन प्राप्ती हुन सक्छ ।
९.यदीे सपनामा आफैले धोती लगाएर कपडामा बटन लगाएको देख्नु भयो भने धनका साथ सम्मान पनि मिल्छ भनिएको छ । यदी कसैलाई चेक काटेर दिएको सपना देख्नु भयो भने त्यसैका आधारमा धन प्राप्त हुनुका साथै व्यापार व्यावसायमा बृद्धि हुन्छ ।
१०. सपनामा होस या विपनामा कहिँ जान लागेको समयमा या यदी कसैले न्याउरी मुसाले बाटो काटेको सपना देख्यो भने अथवा सुतेर उठ्दै गरेको बेलामा न्याउरी मुसालाई देख्नु भयो भने गोप्य धन प्राप्त हुने सम्भावना हुन्छ ।
Views: 0