आँखा फर्फराउनु शुभ कि अशुभ ! जानिराखौँ अनौठो कारण सहित !

२०७६ श्रावण १६, बिहीबार २१:५७ गते २०७६ श्रावण १६, बिहीबार २१:५७ गते २०७६ श्रावण १६, बिहीबार २१:५७ गते

एजेन्सी : आँखा फर्फराउनु शुभ कि अशुभ भन्ने विषयमा केही अध्ययन पनि भएका छन्। जसबाट २३ वटा बुँदामा शुभ र अशुभ संकेत पत्ता लागेका छन् । तपाईको जीवनमा पनि भविष्यको घटनालाई संकेत गर्ने कडीका रुपमा आँखा फर्फराउने लिइएको होला । त्यसकारण कुन आँखा फर्फराउँदा के हुन्छ जान्नुहोस…

  • (१) यदि महिलाको दायाँ आँखा फर्फराएमा शुभ समाचार सुन्न पाइन्छ भने पुरुषहरुको बायाँ आँखा फर्फराउनु राम्रो मानिन्छ। महिलाको बायाँ आँखा फर्फराउनुको अर्थ उनको परिवारमा कुनै सदस्य बिरामी हुनु हो ।
  • (२) बायाँ आँखाको माथिल्लो भागा फर्फराउँछ भने तपाईंको दुश्मनसँग अझ दुश्मनी बढ्न सक्छ । आँखाको तल्लो भाग फर्फराउँछ भने बेकारमा कुनै कुरामा तपाईंको बहस हुनेछ र तपाईं अपमानित हुनुपर्नेछ।
  • (३) बायाँ आँखाको नाकको तर्फको कुना फर्फराउँछ भने यसको संकेत शुभ हुने गर्दछ । पत्र प्राप्तिको सूचना पाइने गरिन्छ अथवा कुनै प्रिय व्यक्तिसँग तपाईंको भेट हुनसक्छ ।
  • (४) यदि कुनै महिला वा पुरुषको दुबै आँखा एकैपटक फर्फराउँछ भने यसको फल दुबैमा एकै प्रकारको हुने गर्दछ । कुनै छुटिएका राम्रा साथीहरुसँग भेट हुन सक्छ ।
  • (५) दायाँ आँखा पछाडि भागबाट फर्फराउँछ भने यसको फल अशुभ हुने गर्दछ । बायाँ आँखा माथिल्लो तर्फ फर्फराउँछ भने यसको फल शुभ हुन्छ । महिलाको बायाँ आँखा फर्फराउँछ भने यसले पनि शुभ फलको संकेत गर्दछ ।
  • (६) यदि दुबै गाला फर्फराउँछ भने तपाईंलाई अतुल धन प्राप्त हुनसक्छ। यदि ओठ फर्फराउँछ भने तपाईंको कुनै हितैषीको आगमन हुने गर्दछ । मुख फर्फराउनुको अर्थ तपाईंको छोराको तर्फबाट शुभ समाचारको सूचक हुने गर्दछ । यदि लगातार दाहिने आँखाको माथिल्लो भाग फर्फराउँछ भने शारिरिक कष्ट हुनसक्छ।
  • (७) यदि दायाँ हत्केला फर्फराउँछ भने तपाईंलाई पैसा र मानसम्मान मिल्ने गर्दछ भने बायाँ हत्केला फर्फराउँछ भने पैसाको हानी नोक्सानी हुने गर्दछ।
  • (८) ओठ फर्फराउँछ भने कुनै प्रिय कुरा पाउने संकेत हो। यदि ओठको माथिल्लो भाग फर्फराउँछ भने तपाईंको शत्रु नाश हुने गर्दछ। ओठको तल्लो भाग फर्फराउाछ भने कुनै प्रिय साथीसँग तपाईंको भेटघाट हुने गर्दछ।
  • (९) यदि तपाईंको दायाँ घुँडा फर्फराउँछ भने सुन प्राप्ति हुनसक्छ । दायाँ घुँडाको तल्लो भाग फर्फराउँछ भने तपाईंको शत्रुमाथि विजय प्राप्ति हुने गर्दछ। यस्तै, बायाँ घुँडा फर्फराउँछ भने तपाईंको रोकिएको काम पूरा हुनेछ।
  • (१०) यदि तपाईंको दायाँ काँध फर्फराउँछ भने तपाईंको छुट्टिएको भाइ भेटिने संकेत हुनसक्छ र यदि बायाँ काँध फर्फराउँछ भने रक्त विकार अथवा बाथ सम्बन्धि रोग हुनसक्छ। यदि दुबै काँध फर्फराउँछ भने तपाईंको कुनै व्यक्तिसँग झगडा हुनसक्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *