यसरी गर्न सकिन्छ कौसीमा तरकारी खेती

२०७६ श्रावण १७, शुक्रबार ११:३८ गते २०७६ श्रावण १७, शुक्रबार ११:३८ गते २०७६ श्रावण १७, शुक्रबार ११:३८ गते

खेती गर्ने जग्गा पर्याप्त नहुने सहरइ क्षेत्रमा परिवारको दैनिक तरकारीको आवश्यकता पूर्ति गर्न कौसी खेती गरिन्छ। आजभोलि यसको प्रचलन काठमाडौं लगायतका सहरमा बढ्दै गएको छ। यसबारेमा सरकारी कृषि अनुसन्धान निकायदेखि निजी क्षेत्रका व्यावसायिक संस्थाले नयाँ प्रविधि र सैलीको विकास गर्दै आएका छन्।

कसरी गर्ने राम्रोसँग कौसी खेती: कौसी खेतीका लागि प्रसस्त घाम लाग्ने र सजिलै पानी दिन सकिने स्थान छनोट गर्नुपर्छ। घरले थाम्न सक्ने तौललाई ध्यानमा राखी खुला छतमा माटो वा अन्य बिरूवा हुर्काउन सकिने कच्चा पदार्थ जस्तैः कोकोपिट, माटो वा प्राङ्गरिक मलको मिश्रण राखी खेती गर्न सकिन्छ।पक्की घरमा घरअनुसार निकालिएका कौसीहरूमा उपयुक्त आकारको भाँडा गमला, फ्रेम, जार, माछाको क्यारेट, आधुनिक ब्यागमा तरकारी फलाउन सकिन्छ।

के लगाउने? : जरा सकभर कम फैलने तथा गहिराईमा सीमित हुने बाली कौसी खेतीका लागि उपयुक्त हुन्छ। लामो समयसम्म छिटो छिटो उत्पादन दिने र बोट धेरै नझाङ्गिने बाली कौसीमा लगाउनु पर्छ। खेती गरिने स्थानको हावापानी तथा बोटबिरूवाका हावापानी अनुसारको बाली छनोट गर्नु पर्छ।अङ्गुर, अम्बा, आँप, कागती, मुन्तला, सुन्तला, जुनार स्ट्रबेरी लगाएतका फलफूल कौसीमा लगाउन उपयुक्त हुन्छ। गोलभेंडा, भण्टा, भेडे खुर्सानी, खुर्सानी, स्वीसचार्ड, रायो, करेला, काँक्रो, लौका, घिरौला, काउली, बन्दा, ब्रो– काउली पनि कौसीमा लगाउन सकिने तरकारी हुन्।त्यस्तै ग्याँठ गोभी, सिमी, बोडी, धनियाँ, लसुन, प्याज रामतोरिया, प्याज, सलगम, मुला लगायतका तरकारी पनि कौसी खेतीका लागि उपयुक्त हुन्छ।

माटो व्यवस्थापन कसरी गर्ने ?: यदि कौसी तरकारी खेती गर्ने हो भने लगाउने बाली अनुसार उपयुक्त माटो छनोट गर्नु आवश्यक छ। माटो उपयुक्त छैन भने बजारमा पाइने अन्य कच्चा पदार्थ पनि प्रयोग गर्न सकिन्छ। यदि माटोमा नै तरकारी लगाउँदै हुनुहुन्छ भने सफा ठाउँका राम्रो मलिलो माटो ल्याउनु पर्छ। त्यसमा भएका डल्ला फोरेर छेस्काछेस्की, ठुटा गिर्खा केलाएर माटो सफा बनाउनु पर्छ। सफा गरिएको माटोलाई एकचोटी भिजाएर मात्र बिरूवा सार्नुपर्छ।

हेरचाह कसरी गर्ने ?: माटोमा रोग किरा नलागोस् भनेर गाइबस्तुको पिसाब प्रयोग गर्नुपर्छ। सारिएको बोटको छेउमा साना साना लठ्ठी गाढेर साहार दिनुपर्छ। साथै बेलाबेलामा गोडमेल पनि गर्न आवश्यक छ। लहरे बाली हो भने डोरी टाँगी दिन पर्छ। जसले बोट मौलाउन पाउँछ र राम्रो उत्पादन दिन्छ।कौसीमा खेती गरिएका फलफुल र तरकारीलाई एकनासको चिस्यानको आवश्यकता पर्दछ। बिरूवामा बढी सुख्खा र बढी पानी हाल्नु हुँदैन। कहिले काहीँ चर्को घाम लाग्दा भाँडा तातेर बिरूवा ओइलाउन सक्छ। त्यस्तो अवस्थामा छहारी तिर सार्नु पर्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *