काठमाडाैं, १७ साउन । नेत्रविक्रम चन्द विप्लव समूहले आफ्ना पोलिटब्यूरो र स्थायी समिति भङ्ग गरेको छ । नेतामाथि पार्टीविरुद्ध ‘सुराकी’ गरेको आरोपमा १७ जना जना केन्द्रीय सदस्यलाई हटाएर विप्लवकै नेतृत्वमा पाँच सदस्यीय सचिवालय गठन गरेकाे बुझिएकाे छ ।पार्टीभित्र शुद्धीकरण गर्न समूहले पोलिटब्यूरो र स्थायी समिति भङ्ग गरेको बताइएपनि पार्टीविरूद्द नै सुराकी गरेपछि हटाइएकाे बताइएकाे छ ।तर कतिपयले विप्लव समूहले नयाँ रणनीतिका लागि पनि हटाएकाे हुनसक्ने बताएका छन् । नयाँ रणनीतिबारेमा सूचना बाहिर जान सक्ने भएर हटाएकाे बुझिएकाे छ । केहि नेता, कार्यकर्ताहरु मुलधारको राजनीतिमा आएपछि रणनीति बाहिरिएको विप्लव समूहको निश्कर्ष रहेको छ ।
हालसम्मकाे घटनाकाे श्रृखला
- मंसिर २०७४: निर्वाचनका बेला दाङको तुलसीपुरमा भएको बम विस्फोटमा म्यादी प्रहरीको ज्यान गयाे,
- फागुन २०७५: एनसेलको नख्खुस्थित कार्यालयअगाडि विस्फोटमा एक सर्वसाधारणको मृत्यु,
- जेठ २०७६: घट्टेकुलो र सुकेधारामा सिलिन्डर बम विस्फोटन हुँदा विप्लव समूहका चार जनाको मृत्यु,
- जेठ २०७६: दोहोरो भिडन्तका क्रममा प्रहरीको गोली प्रहारबाट एक कार्यकर्ताको उपचारको क्रममा मृत्यु ,
- असार २०७६: भोजपुरमा प्रहरी र एक कार्यकर्ता मृत्यु,
- असार २०७६: सर्लाहीमा जिल्ला इन्चार्ज कुमार पौडेलको भिडन्तमा मृत्यु,
- साउन २०७६: धनगढीमा आफैँले बोकेको विस्फोटक पदार्थ पड्किएर एक कार्यकर्ताको मृत्यु, तीन जना घाइते सरलपत्रिका
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0