आखिर १०७ वर्षीया महिलाले बताइन् अनौठो दीर्घजीवनको रहस्य

२०७६ श्रावण १७, शुक्रबार ११:४७ गते २०७६ श्रावण १७, शुक्रबार ११:४७ गते २०७६ श्रावण १७, शुक्रबार ११:४७ गते

काठमाडौं – अमेरिकाको न्युयोर्कस्थित ब्रोंक्समा बस्ने लुइस सिन्योरले बुधवार १०७औं जन्मदिन मनाएकी छन् ।उनले आफ्नो दीर्घजीवनको रहस्य खोल्दै बिहे नगरी बसेको बताइन् । कहिले पनि विवाहबन्धनमा नबाँधिएर नै एक शताब्दीभन्दा बढीको जीवन बिताउन सकेको उनले बताइन् ।

‘म व्यायाम पनि गर्छु । म नाच्छु पनि । अहिले पनि अलिअलि नाच्छु । दिवाभोजनपछि म बिंगो गर्छु । म पूर्ण जीवन बिताउँछु,’ सिन्योरले भनिन् । ‘अनि १०७ वर्ष बाँच्नुको रहस्य ः मैले कहिल्यै विवाह गरिनँ । मेरी बहिनी भन्छिन्, ‘मैले कहिल्यै बिहे नगरेको भए हुन्थ्यो ।’उनकी बहिनीको उमेर १०२ वर्ष छ ।मेरिकाकी सबभन्दा वृद्ध महिलाको रेकर्ड आलेलिया मर्फीको नाममा छ । उनी ११४ वर्षकी भइन् र हार्लेममा बस्छिन् । सिन्योर पनि त्यहीँ जन्मेकी हुन् ।एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *