सुनको मूल्यमा नयाँ रेकर्ड !

२०७६ श्रावण १७, शुक्रबार १५:४७ गते २०७६ श्रावण १७, शुक्रबार १५:४७ गते २०७६ श्रावण १७, शुक्रबार १५:४७ गते

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ६५ हजार ८ सय रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य हो।एक साताअघि सबै पुरानो रेकर्ड तोडेर सुनको मूल्यले साउन १० गते ६५ हजार ५ सय रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य महँगिदा नेपालमा असर परेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए। ‘अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य महँगिदा असर परेको हो’ सेतोपाटीसँग उनले भने ‘अहिले पुनः अन्तर्राष्ट्रिय द्वन्द्व बढेको छ।’अन्तर्राष्ट्रिय द्वन्द्व बढ्दा सुनको मूल्य बढ्ने गरेको उनले बताए। शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ३८ डलर पुगेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएपछि सुनको मूल्य महँगिएको शाक्यले बताए। त्यस्तै उत्तर कोरियाले जापानको समुन्द्रमा पुनः परमाणु खसालेपछि थप द्वन्द्व चर्किने लगानीकर्ताको अनुमान छ।अन्तर्राष्ट्रिय द्वन्द्व बढ्दा लगानीकर्ता सुनमा आकर्षित हुन्छन्। यसले माग बढ्न गई अन्तर्राष्ट्रिय बजारमा मूल्य समेत बढाउँछ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *