काठमाडौं। अज्ञात समुहले चितवन र रामेछापमा वडा कार्यालयमा विस्फोट गरेको छ । गयराती रामेछापको खाँडादेवी गाउँपालिकाको वडा नम्बर ३ भिरपानीको वडा कार्यालयमा अज्ञात समूहले ग्यास सिलिन्डर विष्फोट गराएका हुन । विस्फोटबाट वडा कार्यालयको एउटा कम्प्युटर, तीनवटा दराजमा रहेको कागजपत्रमा क्षति भएको छ । यसैबीच, चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यलयमा पनि आगजनी भएको छ । वडाध्यक्ष टीकाराम रिजालका अनुसार, कार्यालयको झ्याल फोडेर पेट्रोल छर्की आगो लगाएको बताए ।आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0