३१ लाइट वर्ष टाढा भेटियो पृथ्वीजस्तै अनौठो ग्रह

२०७६ श्रावण १८, शनिबार १७:२७ गते २०७६ श्रावण १८, शनिबार १७:२७ गते २०७६ श्रावण १८, शनिबार १७:२७ गते

अनुसन्धान गरेको एक वर्षपछि नासाले ३१ प्रकाश वर्ष टाढा एक ग्रह भेट्टाएको छ।उक्त ग्रह पृथ्वीजस्तै भएको जनाइएको छ। त्यहाँ जीवनको संभावना भएको बताइएको छ।नासाको अनुसन्धानमा सहयोग गरिरहेको भू–उपग्रहले इक्जो–प्लानेट अर्थात् सौर्यमण्डलभन्दा बाहिर भएको ग्रह भेट्टाएको हो।उक्त ग्रह सौर्यमण्डलका ग्रहजस्तै भएको जनाइएको छ। उक्त ग्रहले समेत सौर्यमण्डलमा रहेका ग्रहजस्तै एक तारालाई परिक्रमा गर्दछ।जसरी पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ त्यसरी नै भेटिएको नयाँ ग्रहले तारालई परिक्रमा गर्ने जनाइएको छ।

नासाले एक वर्षदेखि पृथ्वीको दक्षिणी आकाशबाट अनुसन्धान गरिरहेको थियो। सौर्यमण्डलभन्दा बाहिर पनि ग्रह भएको अनुमानपछि यो अनुसन्धान थालिएको थियो।३१ प्रकाश वर्ष टाढा ग्रह भेटिएपछि यसले सौर्यमण्डलजस्तै अन्य तहहरु भएको पत्ता लागेको छ। यस्ता ग्रहहरु कैयौं हुने अनुमान गरिएको छ। अनुसन्धान जारी राखिएको छ।अहिले भेटिएको ग्रह पृथ्वीजस्तै भएको जनाइएको छ। त्यहाँ जीवन भएको अनुमान गरिएको छ। उक्त ग्रहले एम–ड्वार्फ तारालाई परिक्रमा गर्दछ। यसलाई जीज ३५७ नाम दिइएको छ।यो ग्रह पृथ्वीभन्दा ८० प्रतिशत ठूलो भएको जनाइएको छ। यस्ता ग्रहहरु कैयौं रहेको वैज्ञानिकहरको भनाइ छ। केही वैज्ञानिकले यस ग्रहलाई सुपरअर्थ पनि भनेका छन्। एजेन्सी बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *