मेरो शीरको टोपी देखेर बाराक ओबामा ‘मिस्टर नेपाल’ भन्दै हात मिलाउन आएँ

२०७६ श्रावण १८, शनिबार १७:५९ गते २०७६ श्रावण १८, शनिबार १७:५९ गते २०७६ श्रावण १८, शनिबार १७:५९ गते

काठमाडौ । नेपाल कम्युनिष्ट पाटीका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो शीरको टोली देखेर अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा आफुसँग हात मिलाउन आएको स्मरण गरेका छन् । ‘हाम्रो शान, हाम्रो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने मुल नारा दिएर ललितपुरमा राष्ट्रिय पोशाक संरक्षण महाअभियान थालिएको छ ।

अभियानले आयोजना गरेको ‘औपचारिक राष्ट्रिय पोशाक घोषणामा आमनागरिकको भूमिका विषयक विचार गोष्ठी’मा नेता नेपालले बाराक ओवामा र आफुनो टोपीको सन्दर्भ सुनाएका हुन् ।“हरेक नेपालीले राष्ट्रिय पोशाक लगाउँदा नेपालको शान र मानअघि बढाउन सहयोग गर्दछ”, नेता नेपालले भने, “नेपाली टोपीले विदेशी मुलुकमा नेपालीको परिचय अघि बढाएको उदाहरण मैले स्वयम् पाएको छु।” आफू प्रधानमन्त्री भएर विदेशी मुलुकका कार्यक्रममा जाँदा शिरको टोपी देखेर अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले आफू सामुन्ने आइ अन्य मुलुकका मानिसकोबीचमा मिस्टर नेपाल भन्दै हात मिलाउन आउँदा देशको शान बढेको नेता नेपालले बताए।

नेपालका पुरुषका तुलनामा महिलाले राष्ट्रिय पोशाकको सम्मान गर्दै अघि बढेका उल्लेख गरे। नयाँ पुस्ताले आफ्ना पूर्खाबाट हरेक सकारात्मक कुरा सिकी नेपालको पहिचान अघि बढाउन नेपालले आग्रह गरे। हरेक वर्ष राष्ट्रिय दिवसका दिन प्रत्येक कार्यालय र निकायमा कार्यरत कर्मचारीलाई अनिवार्य राष्ट्रिय पोशाक लगाउन नेता नेपालले आह्वान गरे।महाअभियानका अध्यक्ष विवश घिमिरेले नेपाली दौरा सुरुवाल, टोपी र गुन्यू चोलीलाई राष्ट्रिय पोशाकका रुपमा अनिवार्य गर्न माग गरे। उनले भने, “नेपालका विभिन्न जात जातिको पहिचान अघि बढाउन राष्ट्रिय पोशाक सङ्ग्रहालय स्थापना गर्न आवश्यक छ।”sidhanepalipost बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *