बाढीपहिरो पीडितलाई दुई लाख ५१ हजार सहयोग ।

२०७६ श्रावण १९, आईतवार ०८:३८ गते २०७६ श्रावण १९, आईतवार ०८:३८ गते २०७६ श्रावण १९, आईतवार ०८:३८ गते

काठमाडौं – गुल्मेली अधिकृत समाजले जिल्लाको सत्यवती गाउँपालिका वडा नं ३ र ४ को लिम्घा तथा ठूलोलुम्पेकका बाढीपहिरो पीडितलाई दुई लाख ५१ हजार सहयोग गर्ने भएको छ।

समाजका अध्यक्ष शंकरप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले समाजका तर्फबाट सत्यवती गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गर्ने निर्णय गरेको हो।

अविरल वर्षाका कारण ठूलो जनधनको क्षति हुन गएकोमा उक्त प्रकोपबाट पीडित घर परिवारका सुत्केरी र बालबालिकालाई सहयोग पु¥याउने उद्देश्यले सहयोग रकम संकलन गरिएको जनाइएको छ। बाढीपहिरो पीडितका लागि नेपाल निजामती कर्मचारी श्रीमती संघले पनि ५१ हजार नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। स्रोत: नागरिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *