डेस च्याम्पियन्सको उपाधि पिएसजीलाई ।

२०७६ श्रावण १९, आईतवार ०९:४२ गते २०७६ श्रावण १९, आईतवार ०९:४२ गते २०७६ श्रावण १९, आईतवार ०९:४२ गते

काठमाडौं । पिएसजीले ट्रफी डेस च्याम्पियन्सको उपाधि जितेको छ । हरेक बर्ष फ्रेन्च लिग वान विजेता र कोपा डे फ्रान्सको विजेता विच हुने यो खेल पिएसजीले यो सहित नवौ पटक जितेको यो उपाधि लगातार सातौ पटक जितेको हो ।

आज भएको खेलमा रेन्नेजलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । पिएसजीको जितमा किलियन एम्बाप्पे र एन्जल डि मारियाले एक एक गोल गरेका थिए भने रेन्नेजका लागि भने आड्रीयन हुनोउले एक गोल गरेका थिए ।

पिएसजीको यस खेलमा ब्राजिलियन खेलाडी नेइमार भने खेलेका थिएनन् । नेइमार प्रतिबन्धका कारण यो खेल नखेलेको भएपनि उनी क्लब छोड्ने विवाद चलिरहेकाले उनले पिएसजीबाट खेल्न नमानिरहेको मिडिया रिपोर्ट आइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *