तत्कालीन राजा वीरेन्द्रको वंशनाश नेपाली सेनाकै एक समूहले अमेरिकी गुप्तचर संस्था (सिआइए) र भारतीय गुप्तचर संस्था (रअ) सँग मिलेर गरेको रहस्य खुलेको छ । अमेरिकाको न्युयोर्क सिटीबाट प्रकाशन हुने मन्थ्ली रिभ्युले यस्तो रहस्य खुलसा गरेको हो । मन्थ्ली रिभ्युमा वेन म्याडसेनको ‘कम्यारिजन विटविन रिसेन्ट युएस ब्याक्ड कुप्स ‘कराकस एन्ड काठमाडौं’ शीर्षकमा लामो फिचर लेख्दै नेपाली सेना, सिआइए, र रअ ले राजा बीरेन्द्रको बंशनास गरेको दाबी गरेका छन् । अमेरिकाले तत्कालीन भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेज र नेपालका राजा वीरेन्द्रलाई सिध्याउन एकैखाले रणनीति अपानाएको फिचरमा उल्लेख गरिएको छ ।
त्यो रणनीति भेनेजुयेलामा असफल भएपनि नेपालमा भने सफल भएको फिचरमा लेखिएको छ । फिचरमा भनिएको छ, भूकम्प विपत् तालिमका नाममा तत्कालीन युद्धरत माओवादीसँग वार्ताका पक्षधर र भारतविरोधी राष्ट्रवादी भएकाले वीरेन्द्रको वंशनाश रअसँग मिलेर अमेरिकाको गुप्तचर निकाय सिआइएले गरेको हो । मन्थ्ली रिभ्युका अनुसार दरबार हत्याकाण्ड हुनुभन्दा केही महिनाअगाडि मात्रै नेपालमा सिआइएले एक कार्यालय नै स्थापना गरेको थियो । यो कार्यालय स्थापना लगत्तै अमेरिकी सेनाका स्पेसल अपरेसन फोर्स का सदस्य नेपाल आएका थिए ।
उक्त कार्यालयमा अमेरिकी सेनाले ‘बेली नाइन्टिगेल वान’ नामक गोप्य अभ्यास गर्न थाले । अभ्यासलाई वैधता दिन भूकम्प विपत् तालिमको नाम दिइएको फिचरमा लेखिएको छ । उक्त अभ्यास टिममा अमेरिकाको मनोवैज्ञानिक कार्यक्रम सञ्चालन गर्ने साइकोलो अपरेसनका सदस्य पनि सहभागी थिए ।यही साइकोलोजिकल टिमले नै दरबार हत्याकाण्ड राजकुमारबाट भएको भनेर विश्वभर हौवा फिँजाएको फिचरमा वेन म्याडसेनको लेखेका छन् । सुरुमा तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले स्वाचालित हतियार आफैं पड्केर राज परिवार सकिएको र पछि दीपेन्द्रको प्रेम सम्बन्धले परिवारमा आएको खटपटले परिवारको हत्या गरे भनेर हल्ला गर्नुमा साइकोलोजिकल टिमको डिजाइन भएको फिचरमा दाबी गरिएको छ ।
फिचरमा यो पनि लेखिएको छ कि, दरबार हत्याकाण्डपछि वीरेन्द्र परिवारको लास उठाउन अमेरिकाका तत्कालीन प्यासिफिक कमान्डर डेनिस ब्लेरको नेतृत्वमा तालिम लिएका नेपाली सैनिक कमान्डोले काम गरेको थियो । ब्लेरकै सहयोगमा इस्ट टिमोरमा पनि सैनिक ‘कु’ भएको फिचरमा लेखिएको छ । फिचरमा वेन म्याडसेनको लेख्छन् यो सबै योजना सिआइएका तत्कालीन निर्देशक जर्ज टिनेटले गरेका थिए ।दरबार हत्याकाण्डपछि राजा भएका ज्ञानेन्द्र शाह अमेरिकी गुप्तचर निकाय सिआइएका सहयोगी भएको फिचरमा दाबी गरिएको छ । फिचरमा रिचर्ड निक्सन र जेनेरल फोर्ड राष्ट्रपति हुँदा अमेरिकाकाले विदेश सचिव र रक्षा सल्लाहकार रहेका हेन्री किसिन्जरसँग ज्ञानेन्द्रको निकै घनिष्ट सम्बन्ध भएको स्पष्ट पारिएको छ ।
अमेरिकी राष्ट्रपति जेनेरल फोर्ड प्रशासन र किसिन्जरसँग ज्ञानेन्द्रबीच सन् १९७० देखिकै सम्बन्ध भएको फिचरमा भनिएको छ । दरबार हत्याकाण्डको डिजाइनमा बनाइएको महाराजगन्जस्थित सिआइएको अफिस पनि ज्ञानेन्द्रको आवास नजिक भएको दाबी गरिएकोे छ ।दरबार हत्याकाण्डका दिन भेला भएका वीरेन्द्र परिवारसँगै उपस्थित ज्ञानेन्द्रका छोरा पारसलाई केही नहुनु तर अरुको वंशनाश हुनुले पनि ज्ञानेन्द्रको सम्बन्ध सिआइएसँग रहेको प्रष्ट पार्ने फिचरमा लेखिएको छ । वेन म्याडसेनले सन् २००२ को सेप्टेम्बर २१ मा उक्त फिचर लेखेका थिए ।pnpkhabar
Views: 0