यसरि दन्त मन्जनले हटाउनुस् अनुहारको ब्ल्याकहेड्स

२०७६ श्रावण २०, सोमबार १८:४३ गते २०७६ श्रावण २०, सोमबार १८:४३ गते २०७६ श्रावण २०, सोमबार १८:४३ गते

एजेन्सी : अनुहार तथा नाकको वरिपरी आउने ससाना कालो रौंहरु तथा रौं छिद्रमा देखिने काला दाग फोहरलाई ब्ल्याकहेड्स भनिन्छ । दन्त मन्जन ब्ल्याकहेड्स (blackheads) हटाउनको लागि धेरै उपयोगी हुन्छ। पुरानो ब्रश नरम भैसकेको हुन्छ, त्यसैले यो गर्दा पुरानो ब्रस प्रयोग गर्यौं भने हाम्रो छालालाई हानी पुर्याउदैन। तर त्यो ब्रस आफ्नो अनुहारमा प्रयोग गर्नु अघि सफा र स्वच्छ छ कि छैन भन्ने कुरा चाँही ख्याल गर्नुपर्छ।आवश्यक सामग्री:

  • पुरानो टूथब्रश
  • सेतो टूथपेस्ट
  • बेकिंग सोडा
  • पानी १ कचौरा

बनाउने तरिका:

  • एउटा सुख्खा सफा कचौरा लिनुहोस्,
  • १ चम्चा बेकिंग सोडा र १ चम्चा मन्जन हाल्नुहोस्,
  • यसमा २ चम्चा पानी थप्नुहोस् र राम्ररी मिसाउनु होस्,
  • सो मिश्रण टूथब्रशमा लिई आफ्नो नाक स्क्रब गर्नुहोस्,
  • अन्तिममा सफा पानीले अनुहार धुनुहोस्,
  • यो प्रक्रिया सुत्नु अघि हप्ताको २-४ पटक दोहोर्याउनुहोस्। बेकिंग सोडा र मन्जनको मिश्रणले पोरेस खुलाउने र छालाका तहहरूबाट अतिरिक्त तेल हटाउने काम गर्छ।

अल्सर हुन नदिन यसो गर्नुहोस :एजेन्सी : हाम्रो पेटमा अम्ल (एसिड) हुन्छ, जसले खाना पचाउन सहयोग पु-याउँछ । तर, कहिलेकाहीँ अम्लको मात्रा बढी हुँदा ग्यास्ट्रिक हुने गर्छ । कतिपय अवस्थामा उक्त एसिडले गर्दा आमाशय र सानो आन्द्रामा घाउ हुनेसमेत हुन्छ । यसैलाई अल्सर भएको भनिन्छ ।१,अव्यवस्थित खानपानका कारण पहिले ग्यास्ट्रिक र पछि अल्सरको समस्या हुने गर्छ । तसर्थ, खानपानमा विशेष ध्यान पु-याउन आवश्यक छ । सकभर पेट खाली राख्नुहुँदैन ।२,बढी चिल्लो, अमिलो र पिरो सेवन नगर्ने । त्यस्तै, सकभर जंकफुड नखाने ।

३,धूम्रपान, मध्यपान र सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहने ।४,दुखाइबाट बचाउने र बाथरोगको औषधिको नियमित सेवनबाट समेत अल्सर हुने गर्छ । यसकारण सकेसम्म यस्ता औषधि सेवन नगर्ने वा कम गर्ने ।५,अल्सर गराउने कीटाणुको संक्रमणबाट बच्नुपर्छ । खानामा जथाभावी मसाला र रङ आदि प्रयोग गर्नुहुँदैन ।६, सागसब्जी, फलफूल र नरम खानेकुरा प्रशस्त मात्रामा सेवन गर्ने गरेमा अल्सरबाट बच्न सकिन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *