श्रीकृष्णले जुठा भाडा उठाएर यज्ञमा सेवा गर्दा सानो भए की महान ? हेर्नुहोस मार्मिक कथा।

२०७६ श्रावण २०, सोमबार २१:०८ गते २०७६ श्रावण २०, सोमबार २१:०८ गते २०७६ श्रावण २०, सोमबार २१:०८ गते

काठमाडौं । भगवान श्रीकृष्णले पाण्डवहरुको राजसूय यज्ञमा सेवा गर्नुभएको थियो । भगवान श्रीकृष्णको आज्ञानुसार युधिष्ठिरले राजसूय यज्ञ गराए । धेरै मानिसहरुलाई आमन्त्रित गरिएको थियो । भगवान श्रीकृष्ण पनि आउनुभयो ।उहाँले युधिष्ठिरसँग भन्नुभयो, ‘सबै मानिसहरु सेवा गरिरहेका छन् । मलाई पनि सेवा गर्न देउ ।’युधिष्ठिरले श्रीकृष्ण तर्फ हेरेर भने ‘ तपाईको लागि हामीसँग के सेवा हुनसक्छ प्रभु ।’श्रीकृष्णले भन्नुभयो, ‘ तर म यस्तो पवित्र अवसरमा अनावश्यक वस्न चहान्न ।

मलाई केहि न केहि सेवा गर्न देउ ।’युधिष्ठिरले भने, ‘ यदि तपाई केहि सेवा गर्न चहानुहुन्छ भने आफू स्वयं खोज्नुहोस । ‘श्रीकृष्णले भन्नुभयो, ‘ठीक छ मैले अफ्नो काम खोजे ।’युधिष्ठिरले उत्सुकतासँग सोधे, ‘ के काम खोज्नुभयो ?’कृष्णले भन्नभयो, ‘मैं सबैको जूठो भाडा उठाउनेछु र सफाई गर्नेछु ।’यो सुनेर युधिष्ठिर अवाक् रहे । कृष्णले त्यहि गर्नुभयो । भगवान चाहनुहुन्थ्यो भने दान दिने सेवा गर्न सक्नुहुन्थ्यो, भोजन गराउने सेवा गर्न सक्नुहुन्थ्यो। खाना खुवाउनमा त अझ यश मिल्छ तर भगवानले दान दिने सेवा लिनुभएन, खाना खुवाउने सेवा लिनुभएन । उहाँले जुठा भाडा उठाउने सेवा गर्नुभयो ।

यस्तो महान पुरुष जसलाई हामी योगेश्वर भन्छौ जसले अर्जुनलाई केवल रथ हाकेर विजय दिलाउनु भयो उहाँले यस्तो निम्न सेवा किन गर्नुभयो ? किनकि सेवाबाट मानिस सानु हुदैन । अझ महान बन्दछ । जब योगेश्वर कृष्णले स्वयं जुठा भाडाको सेवा ग्रहण गर्नुभयो तब के उहाँ सानु हुनुभयो ? होइन अझ महान हुनुभयो । राजसूय यज्ञको अन्तमा उहाँकै सम्मान भयो, पुजा भयो ।आज हामी भगवान कृष्ण माथि ठुला ठुला व्याख्या गर्छौ तर यो विर्सन्छौ कि उहाँले सेवाको कति ठुलो उदाहरण प्रस्तुत गर्नुभएको थियो । उहाँको त्यस सेवा भावलाई हामी जीवनमा चरितार्थ गर्दैनौ एक निकै ठूलो कमी जो मानव भित्र छ त्यो यही हो कि उ जीवनमा सेवालाई महत्व दिदैन ।

आज मानिसहरुलाई मायाको अभिमान छ । गर्व छ कि म पनि यस्तो मानिस हुँ, केहि हुँ । तर सन्तहरुले आफ्नो अभिमानलाई त्याग्न सधै सुझाएका छन् । सन्तहरु भन्छन्, ‘जब तिमि अभिमानलाई त्याग गर्नेछौ तब तिमिले करौडौ यज्ञको फल प्रप्त गर्नेछौ । यदि तिमि भित्र अहंकार रहित साचो निष्ठा र निष्काम सेवाको भाव छ भने एक मात्र हैन अनेकौ यज्ञको फल प्राप्त हुनेछ जसको भगवान श्रीकृष्णले यसको प्रत्यक्ष उदाहरण दिनुभयो ।’हाम्रा कुरा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed