एजेन्सी– लन्डनमा सोथबी ग्यालरीले नयाँ प्रदर्शन गर्न थालेको छ । प्रदर्शनीमा पुराना फिल्महरुको पोस्टरलाई बिक्रीमा राखिने भएको छ । २ सेप्टेम्बरसम्म चल्ने यो प्रदर्शनीमा सन् १९३३ मा बनेको फिल्म किङकङको फ्रेन्च पोस्टर पनि राखिँदै छ ।यो पोस्टर त लिलामीमा पनि राखिने ग्यालरीले जनाएको छ ।त्यसको मूल्य कम्तिमा पनि ६० हजार अमेरिकी डलर हुने बताइएको छ । यो प्रदर्शनीमा लिलामीको प्रक्रिया २३ अगस्टबाट सुरु हुँदैछ । यो प्रदर्शनीमा अन्य १ सय ९० विभिन्न कलाकृतिहरु पनि राखिने जनाइएको छ । यो पनि :यस्ता छन् अनुहारको दाग, चाया र छालामा भएको धर्षा हटाउने घरेलु उपाय:
अनुहार तथा छालामा भएका दागहरु हटाउनका लागि घरेलु उपचार निकै नै प्रभावकारी हुन्छ । सबै मानिसहरुले महँगो मूल्यको फेशियलहरू र सर्जरीहरू गर्न सक्दैनन् । त्यस्ता मानिसले घरमै सस्तो र प्रभावकारी प्राकृतिक उपाय अपनाउन सक्छन । छालाबाट दाग-धब्बाहरु हटाउने उपाय र बिधि यस प्रकार रहेका छन् :
- आवश्यक सामग्री:
- १. कागती
- २. भिटामिन ई युक्त तेल
प्रयोग गर्ने बिधि : एउटा कागतीको टुक्रा लिनुहोस् र त्यसलाई एउटा सफा भाडोमा निचरेर राख्नुहोस । कागती निचोरी सकेपछि अब त्यसमा एक चम्चा भिटामिन ई युक्त तेल मिसाउनुहोस् । अब चम्चाले एकछिन घोल्नुहोस् ।केहि समयपछि तयार भएको मिश्रणलाई अनुहारको दाग भएको ठाउँमा कपासको सहायताले विस्तारै ४-५ मिनटसम्म मसाज गर्नुहोस् । मसाज गरि सकेपछि अब ५ मिनेटसम्म त्यसलाई सुक्न दिनुस र सुकेपछि मुख धुनुहोस् । यो प्रक्रिया दिनको दुई पटक बिहान र बेलुका गरि प्रयोग गर्नुहोस् । १ हप्तापछि तपाई आफैले दागमा आएको परिवर्तन देख्नुहुनेछ ।
कागतीको रस छालाको समस्याको लागि सबैभन्दा उपयोगी सामग्री मानिन्छ । कागतीले छालाको दाग हटाउनुको साथै तन्किएको छालाको धर्साहरु, चाउरी परेका छाला लगायतका समस्याहरुको समाधानका लागि उपयोगी हुन्छ । साथै भिटामिन इ पनि उपयोगी मानिन्छ ।भिटामिन इले तन्केको छालाको धर्साहरुलाई पुन अवस्थामा पुर्याउन मदत्त गर्दछ । शल्यक्रियापछि भिटामिन ई तेल प्रयोग गर्न केहि डाक्टरहरूले सल्लाह पनि दिने गरेका छन्। किनकि यसले छालाका कोशिकाहरूलाई पुनः प्रसार गर्न मद्दत पुर्याउँछ ।
Views: 0