जापानी भाषा र सीप परीक्षा हुँदै, यसरी लगिनेछ कामदार

२०७६ श्रावण २१, मंगलवार १२:३७ गते २०७६ श्रावण २१, मंगलवार १२:३७ गते २०७६ श्रावण २१, मंगलवार १२:३७ गते

नेपाल कामदार जापान लैजाने सहमति भएपछि भाषा परीक्षा गराउने अनुमति पाएको जापान फाउन्डेसनले आगामी अक्टोबर २७ देखि २८ तथा नोभेम्बर ५ र ६ मा काठमाडौंमा भाषा र सीप परीक्षा गराउने भएको छ।भाषा र सीप परीक्षा उत्तीर्ण हुने कामदार छनोटको सूचीमा पर्नेछन्।भाषा र सीप परीक्षा उत्तीर्ण गरेसँगै तोकुतेई गिनोउ (विशेष सीप) भिसामा जापान जाने प्रक्रिया सुरु हुनेछ।जापानले नेपाललगायत विभिन्न ९ देशबाट सन् २०१९ देखि ५ वर्षको अवधिमा ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने घोषणा गरिसकेको छ । जापानले यसरी विदेशी कामदारलाई भित्र्याउन र भैपरी आउने समस्यामा सहयोग पुर्‍याउन विभिन्न संस्थालाई आधिकारिक सम्बन्धन दिएको छ।

यस्तो सम्बन्धन प्राप्त गर्नेमा नेपालीले सञ्चालन गरेको ‘एसएमएस कर्पोरेसन’ पनि परेको छ । जापानमा ५ वर्षअघि ३ जना नेपालीको लगानीमा स्थापना भएको एसएमएस कर्पोरेसनले हाकेन एजेन्सी सञ्चालन गर्दै आएकोमा हाल जापान सरकारबाट ‘जब इन्ट्रोडक्सन एजेन्सी’ र ‘रजिस्टर्ड सपोर्ट अर्गनाइजेसन’को पनि सम्बन्धन प्राप्त गरेको छ।अब यस संस्थाले जुन २८ देखि विभिन्न देशबाट तोकुतेई गिनोउ (विशेष सीप) भिसामा कामदार ल्याउने प्रक्रियालाई अगाडि बढाइरहेको छ। यो खबर आजको नयाँ पत्रिकाले छापेको छ।हाल यस कम्पनीमा जापानभित्र रहेका जापानी, नेपालीलगायत अन्य देशका ३ सयभन्दा बढीले रोजगारी प्राप्त गरिरहेका छन्।नेपाल खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *