न्यूयोर्क । अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामा र पूर्वविदेशमन्त्री हिलेरी क्लिन्टनसहित प्रमुख डेमोक्रेटिक नेताहरुलाई बम पठाउने व्यक्तिलाई २० वर्षको कैद सजाय सुनाइएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थक सीजर सायोकलाई न्यूयोर्कको एक अदालतले सजाय सुनाएको हो । पिजा डेलिभरीको काम गर्दै आएका सीजर एक सेतो रंगको ट्रकमा रहन्थे । उक्त ट्रकमा ट्रम्पको समर्थन र डेमोक्रेटको विरोधमा पर्चाहरु टाँसिन्थे ।
जिल्ला न्यायाधिश जेड राकोफले सजाय सुनाउँदै भने, “अपराधहरुको प्रकृति एवं परिस्थिति कुनै पनि प्रकृतिमा भयावह हुन्छ ।”सीजरले मार्चमा बमका १६ प्याकेट फ्लोरिडाको हुलाक कार्यालयमा पठाएको स्वीकार गरेका थिए । ति बमहरु डेमोक्रेटिक नेताहरु र सीएनएनको म्यानह्याटन कार्यालयमा पठाउनुपर्ने थियो ।ओबामा र क्लिन्टनका साथै अर्बपति जर्ज सोरोस, पूर्वराष्ट्रपति बिल क्लिन्टन, पूर्वउपाध्यक्ष जो बिडेन र अभिनेता रोबर्ट डी नीरो सीजरको निशानामा थिए । नवभारत टाइम्स/१२ खरी
Views: 0