हिटलरका हजुरबुवा यहुदी भएको एक इतिहासविद्को दाबी

२०७६ श्रावण २१, मंगलवार १८:१४ गते २०७६ श्रावण २१, मंगलवार १८:१४ गते २०७६ श्रावण २१, मंगलवार १८:१४ गते

काठमाडौं – नाजी विचारधारालाई समर्थन गर्ने व्यक्तिहरूले हिटलरको वास्तविक पुर्ख्र्यौली सम्बन्धी इतिहास सार्वजनिक अभिलेखबाट हटाएपछि एक इतिहासविद्ले हिटलरका हजुरबुवा यहुदी भएको दाबी गरेका छन् ।इतिहासकार डा लेनर्ड स्याक्सले हिटलरकी हजुरआमाले आफ्ना प्रेमीको पहिचान खुलाउन नमानेको र उनले अस्ट्रियाको ग्राजमा बस्ने एक यहुदीसँगको सम्बन्धबाट सन्तान जन्माएको बताए ।

हिटलरका पुर्खा यहुदी हुन् भन्ने कुरा हिटलरका प्रतिनिधि हान्स फ्य्रांकले सन् १९३० मै बताएका थिए । उनले हिटलरकी हजुरआमाले काम गर्ने घरमा हजुरबुवा बस्ने गरेको प्रमाण फेला पारेका थिए ।फ्य्रांकको प्रमाणसहितको दस्तावेजलाई उनको मृत्युदण्डको सात वर्षपछि प्रकाशित गरिएको थियो । तर धेरैजनाले फ्यांकका दस्तावेजलाइै खारेज गरेका छन् ।सन् १८३६ मा हिटलरका पिता अलोई शिक्लग्रबर जन्मेको वर्ष सन् १८३६ मा ग्राजमा कुनै पनि यहुदी बसेको प्रमाण फेला नपरेको प्रसिद्ध लेखक निकोलाउस फोन प्रेरादोभिचले बताएका थिए ।

तर डा स्याक्सले सन् १८०० का दशकहरूका अस्ट्रियाली अभिलेख खोजी गरेर सन् १८५० अघि ग्राजमा यहुदीहरू बस्ने गरेको प्रमाणित गरेका छन् ।प्रेरादोभिच नाजीहरूप्रति सहानुभूति राख्ने मानिस भएको र हिटलरमा यहुदी रगत पनि बग्ने संकेत उनलाई चित्त नबुझेको स्याक्सले सप्रमाण दाबी गरेका छन् ।हिटलरका विपक्षीहरूले उनको यहुदी पुर्ख्यौली भएको आरोप लगाएपछि उनले आफ्नो दललाई यस सम्बन्धमा अनुसन्धान गर्न लगाएका थिए । अनुसन्धानपछि हिटलरका पितापुर्खा जर्मन अस्ट्रियन भएको निष्कर्ष निकालिएको थियो । एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *