बिबिसी। भारतकी पूर्व विदेश मन्त्री तथा भाजपाकी वरिष्ठ नेत्री सुषमा स्वराजको निधन भएको छ। उनलाई मङ्गलबार साँझ दिल्लीस्थित एम्स् अस्पतामा भर्ना गरिएको थियो।उनी ६७ वर्षकी थिइन्।स्वराजको निधन कार्डिएक अरेस्टका कारण भएको बताइएको छ। त्यसपछि उनलाई अस्पताल लगिए पनि बचाउन नसकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।कार्डिएक अरेस्ट भएपछि मानिसको मुटुमा इलेक्ट्रोनिक गडबडी हुने र त्यसैकारण मुटुको धडकनको तालमेल बिग्रिने जानकारहरू बताउँछन्।
२५ वर्षको उमेरदेखि राजनीतिक यात्रा थालेकी स्वराजका राजनीतिक गुरु चाहिँ वरिष्ठ भाजपा नेता लाल कृष्ण आडवाणी थिए।उनको अन्तिम संस्कार वुधवार दिल्लीमा राजकीय सम्मानका साथ हुन लागेको छ।गत वर्ष उनले सन् २०१९ को चुनाव नलड्ने घोषणा गरेकी थिइन्। उनले त्यस्तो घोषणा गरेपछि उनका पति तथा पूर्व राज्यपाल कौशलले भनेका थिए, “एउटा समय आएपछि मिल्खा सिंहले पनि दौडन बन्द गरेका थिए। यिनी त विगत ४१ वर्षदेखि चुनाव लड्दै आइरहेकी छन्।”
श्रद्धाञ्जली:भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा सन्देश लेख्दै स्वराजप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। मोदीले ट्विटरमा लेखेका छन्, ”भारतीय राजनीतिको एउटा महान अध्याय समाप्त भएको छ। भारत एउटी असाधारण नेताको निधको शोकमा डुबेको छ। सुषमा स्वराज महान व्यक्ति थिइन् जसले मानिसको सेवा र गरिबहरूको जिन्दगी अझै राम्रो बनाउन आफ्नो जीवन समर्पण गरिदिइन्।”उनले लेखेका छन्, “सुषमा जी एक अद्भुत वक्ता तथा गजबकी सांसद थिइन्। उनलाई सबै दलले सम्मान गर्दथे। उनले भाजपाको हित र सिद्धान्तसँग कहिल्यै सम्झौता गरिनन्।”आफ्नो सन्देशमा भाजपाका अध्यक्ष अमित शाहले स्वराजको निधनबाट उनको मन अत्यन्त दु:खी भएको उल्लेख गरेका छन्।
पूर्व विदेश मंत्री और भाजपा की वरिष्ठ नेता व संसदीय बोर्ड की सदस्य श्रीमती सुषमा स्वराज जी के आकस्मिक निधन से मन अत्यंत दुखी है।
उन्होंने एक प्रखर वक्ता, एक आदर्श कार्यकर्ता, लोकप्रिय जनप्रतिनिधि व एक कर्मठ मंत्री जैसे विभिन्न रूपों में भारतीय राजनीति में अपनी अमिट छाप छोड़ी है।
— Amit Shah (@AmitShah) August 6, 2019
कांग्रेस पार्टीका नेता राहुल गांधीले आफू स्वराजको निधनको खबरले स्तब्ध भएको भन्दै ट्विटरमा सन्देश लेखेका छन्।
I’m shocked to hear about the demise of Sushma Swaraj Ji, an extraordinary political leader, a gifted orator & an exceptional Parliamentarian, with friendships across party lines.
My condolences to her family in this hour of grief.
May her soul rest in peace.
Om Shanti 🙏
— Rahul Gandhi (@RahulGandhi) August 6, 2019
मध्यप्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहानले पनि ट्विटरमा सन्देश लेख्दै स्वराजप्रति समवेदना व्यक्त गरेका छन्।स्वराजलाई अस्पतालमा भेट्न पुगेका कांग्रेस नेता गुलाम नबी आजादले सुषमा स्वराजको बारेमा भने, “म सधै सोध्ने गर्दथे बहिनी तपाईँलाई कस्तो छ।”उनी मलाई सोध्ने गर्थिन् भाई तपाईँलाई कस्तो छ? हाम्री एक बहिनी अब यो संसारमा रहिनन्। उनी गजबकी वक्ता थिइन्। उनलाई हामी सधै सम्झिरहने छौँ।”स्वराजको निधनको खबरप्रति केन्द्रीय मन्त्रीहरू र सत्तारुढ तथा विपक्षी दलका अन्य राजनीतिक नेताहरूले पनि दु:ख व्यक्त गरिरहेका छन्।
सुषमा स्वराजको कथा:सुषमा स्वराज भारतीय राजनीतिक वृत्तकी एक प्रखर तथा ओजस्वी वक्ता, प्रभावशाली सांसद र कुशल प्रशासकको रूपमा चिनिएकी थिइन्।कुनै समयमा भाजपाका नेता अटल बिहारी वाजपेयीपछि सुषमा स्वराज र प्रमोद महाजन निकै लोकप्रिय वक्ता मानिन्थे। उनी संसददेखि सडकसम्मै लोकप्रिय थिइन्।सुषमा स्वराजलाई दिल्लीकी डी-चार अर्थात चार लोकप्रिय नेताहरू मध्येकी एक मानिएकी थिइन्।उनले विगत चार दशकमा ११ पटक चुनाव लडेकी थिइन्। ती मध्ये तीन विधानसभा चुनाव थिए। जुन उनले जितिन्। उनी सात पटक सांसद भइसकेकी छन्।
प्रभावशाली विदेश मन्त्री:भारतको विदेश मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सुषमा स्वराज इंदिरा गांधीपछिकी दोस्री महिला नेत्री हुन्।विदश मन्त्रीका रूपमा सुषमा स्वराज ट्विटरमा निकै सक्रिय रहेकी थिइन्। विदेशमा फसेका भारतीय नागरिकलाई सहयोग गर्ने विषयमा उनले निकै चासो दिने गरेकी थिइन्।उत्तरी छिमेकी नेपालमा सन् २०१५ मा विनाशकारी भूकम्प आएपछि सहयोग जुटाउन आयोजित दाता सम्मेलनमा भारतीय विदेश मन्त्रीका हैसियतमा सुषमा स्वराज पनि सहभागी भएकी थिइन्।औपचारिक र अनौपचारिक रूपमा दिल्ली पुग्ने गरेका लगभग सबैजसो नेपालका राजनीतिक नेताहरूले सुषमा स्वराजलाई भेट्ने गरेका थिए।
Views: 0