पूर्वराजामाथि गम्भीर षडयन्त्रको संकेत !

२०७६ श्रावण २४, शुक्रबार १२:१३ गते २०७६ श्रावण २४, शुक्रबार १२:१३ गते २०७६ श्रावण २४, शुक्रबार १२:१३ गते

नेकपा अध्यक्ष प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुनबाट हटाउने, राजाबादीलाई खरानी पार्ने आदि ध्वाँस दिइरहेकै बेला केही सूत्रहरुले पूर्व राजा बसीरहनुभएको नागार्जुनस्थित दरबारबाट सुरक्षाकर्मी फिर्ता बोलाउन केही दिन यता निकै कसरत भइरहेको र यसमा प्रचण्ड नै भिडिरहेको संकेत गरेका छन् । यदि यो खबर सत्य हो भने यसले मुलुकमा मुठभेड ननिम्त्याउला भन्न सकिन्न । जनताको चाहना बमोजिम हाँसी हाँसी पत्रकार सम्मेलनमार्फत बडा लोकतान्त्रिक शैलीले पुर्खाको नासो नारायणहीटी दरबार छाडेर नागार्जुनमा बस्न जानुभएका पूर्व राजाले नेपालको बर्तमान संविधानले दिएको मौलिक हकको उपभोग गरी आफ्ना धारणा राख्नुभयो र केही ठाउँहरुको भ्रमण गर्नुभयो भन्दैमा त्यसबाट अत्तालिएर, हतास मनस्थिति राखेर, लघुताभासले पिडित भएर यदि प्रचण्डबाट त्यस खालको कदम चालिने हो भने त्यो प्रचण्डकै लागि प्रत्यूत्पादक हुनसक्छ ।पूर्व राष्ट्रपतिलाई राज्यले सुरक्षा र आवासको व्यवस्था मिलाएको छ ।

पूर्व प्रधान न्यायाधिश र पूर्व प्रधानमन्त्रीलाई राज्यले सुरक्षाको व्यवस्था मिलाएको छ । यस्तोमा, नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाहका पछिल्ला उत्तराधिकारी ज्ञानेन्द्र शाहको सुरक्षा र आवास सुविधा खोस्नु या खोस्ने धम्की दिनु देशभक्तिपूर्ण कदम हुँदैहैन ।दुइतिहाई बहुमतको आडमा देशमा ब्रम्हलुट मच्चाइरहेको जनताले देख्न नसकेपछि र प्रचण्ड आफै हेगमा जानुपर्ने हो कि भन्ने हिन मानसिकताले भयाक्रान्त भइरहेको अवस्थामा आफ्नो कमजोरी ढाकछोप गरी विषयान्तर गर्न पनि उनले पूर्व राजालाई तारो बनाएका हुनसक्छन् ।तर, प्रचण्डले त्यसो गरेमा राजाबादी मात्र हैन, गैर राजाबादी पनि उनको खिलाफमा उत्रनेछन् । र, सबैभन्दा पहिलो नम्बरमा उभिएर म नै विरोध गर्नेछु । (पत्रकार कुसुम भट्टराईको फेसबूक टिप्पणी)सरलपत्रिका

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *