धरहरा यस्तो बन्ने : बाहिर हेर्दा ११ तला भित्री संरचना भने २२ तला !

२०७६ श्रावण २५, शनिबार ०८:५३ गते २०७६ श्रावण २५, शनिबार ०८:५३ गते २०७६ श्रावण २५, शनिबार ०८:५३ गते

काठमाडौं, २४ साउन । तीन वर्ष अधि आएको भुकम्पले ढलाएको धरहरा फेरी ठडिने भएको छ । भिमसेन थापाले बनाएका काठमाडौंको एघार तले धरहरालाई १९९० को भुकम्पले दुई तला क्षति पुयाएको थियो भने २०७२ सालमा आएको भुकम्पले पुरै क्षति गरेको थियो ।दुई वर्षमा निर्माण सक्ने लक्ष्य राखेर सुरु गरिएको काम अहिलेसम्म २० प्रतिशत मात्र सकिएको छ । निर्धारित लक्ष्यमा सक्नलाई कामको गति ब्यापक बनाउनुपर्ने हुन्छ । यतिबेला धरहराको चारैतर्फ घेराबन्दी गरेर धमाधम काम भइरहेको छ । करिब दुई दर्जन कामदार धरहरामा खटिएका छन् । प्राधिकरणका सहायक प्रवक्ता मनोहर घिमिरे विभिन्न व्यावधानका कारण यसअघि धरहरा निर्माणमा ढिलाइ भए अब कामले गति लिने बताउँछन् ।

प्राधिकरणले जीआईईटिसी–रमण जेभीलाई धरहरा पुननिर्माणको जिम्मा दिएको थियो । कम्पनीले ३ अर्ब ४५ कारेडमा धरहरा निर्माणको जिम्मा पाएको छ । उक्त कम्पनी हालै कालोसूचीमा परे पनि त्यसले धरहराको कामलाई असर नगर्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।‘ठेकेदार कालोसूचीमा परे पनि पहिल्यै पाएको ठेक्का अघि बढाउन अवरोध छैन,’ एक अधिकारीले भने ।धरहरा निर्माणका लागि आवश्यक सामग्री र त्यहाँबाट निस्कने फोहोरलाई टुँडिखेलको दक्षिण भागमा व्यवस्थापन गरिँदै आएको छ । केही निर्माण उपकरण राख्न र अस्थायी संरचना बनाएर श्रमिकहरु पनि बस्नका लागि नेपाली सेनाले टुँडिखेल प्रयोगको अनुमति दिएको छ ।

धरहरामा भर्या१ङ चढेर होइन, लिफ्टबाट उक्लिन सकिने छ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गर्ने काम भइरहेको छ ।प्राधिकरणका अनुसार धरहराको पुरानो बाहिरी स्वरुप परिवर्तन गरिने छैन । पुरानो स्वरुपमा आधुनिक सुविधा भएको बलियो धरहरा बनाउन लागिएको प्राधिकरणले बताएको छ ।धरहरा बाहिरबाट हेर्दा पुरानैजस्तो देखिए पनि भित्रि भाग आधुनिक हुनेछ । अहिले भग्नावशेष रहेको धरहराको भागलाई संरक्षण गरेर राखी नयाँ धरहरा बनाइने छ । प्राधिकरणका अनुसार धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुने छन् । बेसमेन्टमा तल–माथि गर्नका लागि लिफ्टको व्यवस्था गरिने छ । बेसमेन्टमा बाहिरको प्रकाश प्राकृतिक तवरले भित्र पठाउने व्यवस्था मिलाइएको छ ।धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रर्दशनीमा राखिने छ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्रीसमेत हुने प्राधिकरणले बताएको छ ।सैनामैना

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed