त्रिशूली बस दुर्घटनाका घाइते भन्छन् :‘कसरी बाँचियो, अचम्म लागिरहेछ, थाहा पाउँदा म पानीमा बगिरहेको थिएँ’

२०७६ श्रावण २५, शनिबार ०९:०१ गते २०७६ श्रावण २५, शनिबार ०९:०१ गते २०७६ श्रावण २५, शनिबार ०९:०१ गते

धादिङ – त्रिशूली बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। त्रिशूली नदिबाट थप दुई जनाको श*व निकालिएको हो । प्रहरीका अनुसार १६ जनाको सकुशल उद्दार गरिएको छ । अझैं २५ जना हराइरहेको उनले बताए। बेपत्तहरुको खोजी कार्य जारी रहेको उनको भनाई छ। शुक्रबार बिहान साढे ३ बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस त्रिशूली नदीमा खसेको थियो।मृ*त्यु हुनेमा अजय दास र विजय कुर्मी रहेका छन्। बाँकीकाे परिचय भने खुलेकाे छैन। त्यस्तै थप दुई जना एक महिलाको श*व मुग्लिनमा र अर्को जुगेडीमा भेटिएको छ । उनीहरुको पनि पहिचान भने भएको छैन। बस नदीबाट निकालिएको छ। बसमा कोही पनि यात्रु नभेटिएको उद्दारमा खटिएका प्रहरीले जानकारी दिए। नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन्। अफ्ठयारो ठाउँ भएका कारण उद्धारमा कठिनाई भएको प्रहरीकाे भनाई छ। चालक निदाएका कारण बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको उनको भनाइ छ।‘कसरी बाँचियो, अचम्म लागिरहेछ’ सर्लाही व्यापार व्यावसाय गरेर बसेको थिएँ ।

सामान लिन काठमाडौं जाँदै थिएँ । बस एकनासले गुडिरहेको थियो, सायद म निदाएको रहेछु । एक्कासी गड्याङ गुडङ आवाज आयो, के भयो केही मेसो पाइन, आँखा खुल्दा पानीमा रहेछु । म बस बाहिर उछिट्एिको रहेछु । मेरो झयालको सिसा खुला थियो । झ्याल खुला भएकै म बाहिर पुगेछुँ । थाहा पाउँदा म पानीमा बगिरहेको थिएँ ।मलाई पौडन पनि आउदैन थियो । सायद बाच्न लेखेपछि जे पनि हुँदो रहेछ । पानी खाइसकेको थिएँ । नदीले केही तल बगाएपछि किनारातर्फ बगायो । छेउको रुखको बुटो समातेर गुहार मागेँ । केहीबेरपछि प्रहरीले मलाई उद्धार गरेर अस्पताल ल्याउनुभयो ।मेरो हात, खुट्टा र अनुहारमा चोट लागेको छ । धेरै चोट त देखिएको छैन । तर शरीर नराम्ररी दुःखीरहेको छ । अहिले यसरी बोलिरहँदा पनि अचम्म लागिरहेको छ । गाडीका सिटभरी यात्रुहरु थिए । उनीहरु बीचैमा झरे कि खोलाले बगायो केही थाहा छैन । बाँच्न लेखेपछि जे पनि हुँदो रहेछ । (गजुरीस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार गराइरहेको सर्लाही मलङगवा-३ का समीम राजा अन्सारीसँग अन्नपूर्णकर्मी मनिष दुवाडीले गरेको कुराकानीमा आधारित)सैनामैना

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed