ड्राइभिङ्ग लाइसेन्स नभएकाहरुका लागि आयो खुसीको खबर

२०७६ श्रावण २५, शनिबार ०९:३८ गते २०७६ श्रावण २५, शनिबार ०९:३८ गते २०७६ श्रावण २५, शनिबार ०९:३८ गते

काठमाडौं । एक घण्टामा ४ सय ५० वटा सम्म स्मार्ट कार्ड प्रिन्ट गर्ने मास प्रिन्टर नेपाल भित्रिएको छ । यातायात व्यवस्था विभागमा शुक्रबार मास प्रिन्टर ल्याउने भने पनि आज साँझसम्म कार्यालयमा ल्याउने भएको छ ।उक्त मास प्रिन्टरले दैनिक १५ घण्टामा १० हजार जति स्मार्ट कार्ड प्रिन्ट गर्ने र बाँकी ६ वटा सानो मेसिनले दैनिक ३ हजारसम्म स्मार्ट कार्ड प्रिन्ट गर्दै आएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तिर्थराज खनालले बताए । १७ गते आइपुग्नु पर्ने मास प्रिन्टर भन्सारमा समयमा आइपुगे पनि प्रक्रिया नपुगेको कारण कार्यालयमा ल्याउन ढिला भएको सूचना अधिकारी खनालले बताए ।उनले भने ‘स्मार्ट लाईसेन्स छाप्ने मास प्रिन्टर नेपाल आएको चारदिन भयो तर खर्चको विवरण संकलन गरेर भन्सार र्तिनु पर्ने कागजातको काममा ढिलाई भएको कारण त्रिभुवन विमान स्थलबाट यातायात व्यवस्था विभागमा ल्याउन ढिला भएको छ । साँझसम्म जसरी पनि कार्यालयमा ल्याउने प्रक्रियामा लागिरहेका छौं ।’

२०७६ वैशाख १७ मा स्मार्ट कार्ड र मास प्रिन्टर मेसिन ल्याउनको लागि १९ लाख ७० हजार २ सय अमेरिकी डलरमा मद्रास सेक्युरिटी प्रिन्टरसंग सम्झौता गरिएको यातायात व्यवस्था विभागका लेखा अधिकृत शारदा पाण्डेले बताए । ४ लाख ४० हजार अमेरिकी डलर मास प्रिन्टरको मुल्य पर्ने ५० हजार अमेरिकी डलर दुई बर्षसम्म प्रिन्टर मर्मत सर्पोटको लागि सम्झौता भएको बताए । त्यस्तै १० लाख स्मार्ट कार्डको लागि १४ लाख ८० हजार अमेरिकी डलर छुट्याएको लेखा अधिकृत पाण्डेले बताइन् ।एक स्मार्ट कार्डको मात्र १।४८ अमेरिकी डलर पर्ने भएको छ । मास प्रिन्टर नेपाल आएपुगे पनि स्मार्ट कार्ड नेपाल आइपुग्न अझै १५ दिन जति लाग्ने बताईन् ।यातायात व्यवस्था विभागको प्रविधि शाखाका अनुसार लगभग माघ महिना सम्मको स्मार्ट कार्ड प्रिन्ट भइसकेको जानकारी गराएको छ । अझै साढे पाँच लाख सम्मको स्मार्ट कार्ड प्रिन्ट गर्न बाँकी रहेको उक्त शाखाले जानकारी गराएको छ ।सैनामैना

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed