काठमाडौं – ईस्लाम धर्मावलम्बीको महान् चाड इद–ऊल–अजहा (बकरिद) को अवसरमा भोलि सार्वजनिक बिदा दिन मुस्लिम संघसंगठनले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई आग्रह गरेका थिए ।ओली विदेश भ्रमणमा रहेका बेला कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेललाई भेटेर मुस्लिम आयोगका अध्यक्षले बिदा दिन आग्रह गरेका थिए । तर भोलि बिदा दिनुपर्ने भएपनि आईतबार साँझसम्म सरकारले यसबारे केही निर्णय गरेको छैन ।ओली सरकारले बिदा दिने निर्णय नगरेपनि प्रदेश २ र ५ सरकारले भने बिदा दिने निर्णय गरेका छन् । प्रदेश २ सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विज्ञप्ति जारी गर्दै भोलि बकरिदको बिदा घोषणा गरेको छ ।मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्ति जारी गर्दै हर्षाेल्लासका साथ बकरिद मनाउन आह्वान गरेका छन् । उनले सबै मुस्लिम धर्मावलम्बीलाई शुभकामना समेत दिएका छन् ।
प्रदेश ५ मा बिदा:प्रदेश ५ सरकारले बकरिदका दिन सार्वजनिक बिदा दिएको छ । बकर इद बिदा सम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित छ ।संघीय सरकारले तोकेबाहेक प्रदेशमा बकरिदसहित माघी र माघे संक्रान्तिमा (दुई दिन) तथा प्रदेश स्थापना दिवसमा फागुन ३ गते पनि सार्वजनिक विदा दिने निर्णय छ ।यसबाहेक स्थानीय तहको निर्णयबाट एक दिन र भुमे पूजा, बड्का अटवारी पर्व, रमजान लगायतमा निश्चित समुदायलाई मात्रै बिदाको व्यवस्था गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
विराटनगरमा बिदा:मुस्लिम धर्मावलम्बीको महान् चाड बकरिदका अवसरमा विराटनगर महानगरपालिकाले सार्बजनिक बिदा दिएको छ । सोमबारको पर्वका लागि महानगरपालिकाले विदा दिएको हो । आईतबार विज्ञप्ति जारी गर्दै महानगरले सोमबार महानगरभर बिदा दिने जनाएको छ ।विज्ञप्तिमा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय तथा नगर क्षेत्रभित्रका सबै शिक्षण संस्थामा सार्वजनिक बिदा गरिएको जनाएको छ । कार्यबाहक प्रमुख इन्दिरा कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सोमबार मुस्लिम धर्मावलम्बीहरूको चाड इद–उल–अजहा पर्ने भएकाले सोमबार महानगरपालिका नगर कार्यकालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरू एवम् नगर क्षेत्रभित्रका शिक्षण संस्थाहरु मा सार्वजनिक बिदा गरिएको सूचित गरिन्छ ।’via mediadabali
Views: 0