निलम्बित कर्मचारीको सुसाइड नोट- अख्तियार प्रमुखज्यू, २ सय वर्ष बाँच्नुस्, शुभकामना!

२०७६ श्रावण २७, सोमबार १२:२७ गते २०७६ श्रावण २७, सोमबार १२:२७ गते २०७६ श्रावण २७, सोमबार १२:२७ गते

काठमाडौं- भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका मालपोत कार्यालय, कलंकीका तत्कालिन कर्मचारी हरि आचार्यले दुई पृष्ठ लामो ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन्।उदयपुरको त्रियुगा नगरपालिका-१० घर भएका आचार्यको शव प्रहरीले आइतबार त्रियुगा नगरपालिका-९, रातामाटेस्थित शिखरकट्टे भन्ने ठाउँका जंगलमा झुण्डिएको अवस्थामा फेला पारेको थियो।शनिबारदेखि हराएका ५५ वर्षीय आचार्यको खल्तीमा २ पेज लामो सुसाइड नोटसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले जानकारी दिए।

सुसाइड नोटमा उनले परिवारलाई राम्रोसँग मिलाएर राख्न नसकेको र गर्दै नगरेको भ्रष्टाचारको आरोप लागेकाले आत्महत्या गर्नुपरेको उल्लेख गरेका डिएसपी केसीले जानकारी दिए।डिएसपी आचार्यका अनुसार उनले सुसाइड नोटमा लेखेका छन्, ‘म कसैको २ रुपैयाँसमेत नखाने चोखो मान्छेलाई भ्रष्टाचारी बनाउन खोजियो। अहिलेसम्म कसैको एक पैसा हिनामिना गरेको छैन, भ्रष्टाचार गर्ने कुरा त परै जाओस्। मलाई भ्रष्टाचारी देख्नु अख्तियार प्रमुख नवीनकुमार घिमिरेज्यू, २ सय वर्ष बाँच्नुस्, शुभकामना!’

उनले सुसाइड नोटमा परिवालाई समेत केही निर्देशन दिएका छन्। उनले श्रीमती छोराछोरीलाई मिलेर बस्न आग्रह गरेका छन्। आफ्नो बैंक खातामा भएको रकमसमेत उल्लेख गरेर छोरालाई राम्रोसँग पढ्नु भन्दै लेखिएको सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ।मृत भेटिएका आचार्य शनिबारमात्रै काठमाडौंबाट उदयपुर फर्किएका थिए। त्यसपछि घरमा झोला र मोबाइल राखेर उनी निस्किएका थिए।बेपत्ता भएपछि उनलाई शनिबार दिनभर खोजी गरिए पनि फेला पारिएको थिएन। अन्ततः घर नजिकैको जंगलमा उनको शव झुण्डिएको अवस्थमा फेला परेको प्रहरीले जनाएको छ।

अख्तियारले ९२ रोपनी सरकारी जग्गा कीर्ते गरी हाउजिङका नाममा नामसारी गरेको भन्दै नायब सुब्बा आचार्यसहित कलंकी मालपोतका अधिकृत शिवप्रसाद रिमाल, नक्कली जग्गाधनी मीनाकुमारी थापा, सुयल हाउजिङका सञ्चालक रामकुमार सुयल थापा, मीनाकुमारी थापाका वारेस दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरुद्ध गत जेठको दोस्रो साता मुद्दा दायर गरेको थियो।उक्त जग्गा नेपाल सरकारको नाममा आइसकेको थियो। तर, मिलेमतोमा सरकारी जग्गा हाउजिङको नाममा पास गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको थियो।

चन्द्रागीरि नगरपालिकामा पर्ने पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले उपभोग गरिरहेको सरकारी जग्गा सुयल हाउजिङ कम्पनीका नाममा दर्ता भएको पाइएपछि सो कार्यमा मिलेमतो गरेको भन्दै उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो। त्यसपछि आचार्य निलम्बित भएका थिए।उनीहरुले सरकारी जग्गा कीर्ते गरेर २ करोड २१ लाख १० हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको थियो।नेपाल लाइभ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed