अश्लिल कुरामा किन राख्छ मान्छेले चासो ? हेर्नुहोस, यस्तो सम्म भेटियो !

२०७६ श्रावण ३०, बिहीबार ०९:०१ गते २०७६ श्रावण ३०, बिहीबार ०९:०१ गते २०७६ श्रावण ३०, बिहीबार ०९:०१ गते

‘यौन हिंसा बढेको’ भन्दै सरकारले अहिले अश्लिल साइट (पोर्न साइट)माथि प्रतिबन्ध लगाएको छ । अश्लिल साइट बन्द गरिएपछि यौन हिंसाको दर र प्रवृत्ति फेरिएको छ ? यसको छुटै समीक्षा होला । २१ औं सताब्दीका विचारक ओशोले भने यौन र त्यसको प्रवृत्तिलाई फरक ढंगले परिभाषित गरे ।यौनलाई जति लुकाउन खोज्यो, जति दबाउन खोज्यो, यो उत्तिनै विकृत भएर आउँछ भन्ने ओशोको विचार थियो । हुनपनि यौन हिंसाको प्रवृत्ति हेर्दा उनको भनाई सही लाग्छ ।ओशोले यौन एवं कामुकताको बारेमा खुलेर आफ्नो राय प्रकट गरे । यौन सम्बन्धीको उनको धारणा वृहत, स्पष्ट र गहन मानिन्छ । दुनियाले यौनलाई ‘छाडा’ र ‘गोप्य’ कुरा भनिरहेको बेला ओशोले यसप्रति उदार धारणा पेश गरे । त्यही कारण कतिपयले उनलाई ‘सेक्स गुरु’ पनि भने । यौन सम्बन्धी नै उनले एउटा पुस्तक पनि लेखे, ‘संभोग से समाधि ओर’ ।ओशो भन्छन्, ‘म युवासँग भन्छु कि तिमी जुन संसार निर्माण गर्न संलग्न छौ, त्यसमा यौन सम्बन्धलाई वर्जित कदापी नगर ।

अन्यथा मान्छे अरु बढी कामुकभन्दा कामुक हुनेछन् । हुन त मेरो यो कुरा ठिक उल्टो लाग्न सक्छ ।’यसै भनाई पुष्टि गर्न उनले एक कथा सुनाएका छन् । उनको कथा यसप्रकार छ ।एक पटक ओशो आफ्ना शिष्यको प्रश्नको जवाफ दिइरहेका थिए । उनले भने, ‘म एक गाउँमा थिए । त्यहाँ केही विचारक र सन्त साधु मिलेर अश्लिल पोस्टर विरोधी एक सम्मेलन गरिरहेका थिए । उनीहरुको विचारमा अश्लिल पोस्टर भित्ता वा ढोकामा टाँस्दा त्यसले कामुकता अरु बढाइदिन्छ ।’तर, कुरा ठिक उल्टो छ । ओशो भन्छन्, ‘यो पोस्टर कसले हेर्छ ? यस्तो पोस्टर हेर्न को जान्छ ? पोस्टर हेर्न त्यही व्यक्ति पुग्छन् जसले स्त्री-पुरुषको शरीर देख्न सक्दैनन् । जसले शरीरको सौन्दर्य देख्न सक्दैनन् । जो शरीरको सहजता अनुभव गर्न सक्दैनन् ।’ ओशोले थप्छन्, ‘ति गुरु, मान्यजन जसले स्त्री र पुरुषलाई मिल्न दिदैन । त्यही कारण उनीहरु लुकीछिपी अश्लिल पुस्तक पढ्छन् । अश्लिल तस्वीर हेर्छन् । अश्लिल फिल्म बनाउँछन् । किनभने यी सबै सामाग्री आकाशबाट आउने होइन, मान्छेको आवश्यक्ता हो ।’यसैले प्रश्न यो होइन कि अश्लिल फिल्म किन ? प्रश्न त यो हो कि मान्छेलाई यसको जरुरत किन ?यस्ता फिल्म त्यसै बनाइएको छैन । कसैले व्यर्थ आफ्नो पैसा खर्च गरिरहेको छैन । बजारमा यसको माग छ ।

त्यो माग कसरी पैदा भयो ?यो माग हामीले पैदा गरेका हौं । स्त्री र पुरुषलाई अलग गरेर हामीले त्यो माग पैदा गरिदियौं । अब त्यही माग पुरा गर्न कोही जाँदैछ भने हामीलाई लाग्छ कि गडबड भइरहेको छ । हामी उसको बाटोमा बाधा पुर्‍याउँछौं । जतिसुकै बाधा पुर्‍याएपनि उसले अर्को बाटो खोज्न थाल्छ ।ओशो थप्छन्, ‘युवकलाई म भन्न चाहन्छु कि, तिम्रो आमाबुवा, तिम्रो पूर्खा, तिम्रो हजारौं बर्षअघिको पीढि यौन सम्बन्धबाट भयभीत भयो । तिमी भयभित नहुनु । तिमीले यसलाई बुझ्ने कोशिस गर । तिमीले यसलाई पहिचान गर । तिमीले यस सम्बन्धमा नयाँ आधुनिक खोज भएको कुरा पढ । यस सम्बन्धमा खुला चर्चा गर र बुझ्ने कोशिस गर । वास्तवमा यौन के हो ? के हो यसको संयन्त्र ? यसको यन्त्र के हो ? के हो यसको आकंक्षा ? के हो यसको प्यास ? के हो प्राणभित्र लुकेको रहस्य ? यसलाई बुझ । यसको विज्ञानलाई बुझ ।

यौनबाट भाग्ने वा बर्जित गर्ने गल्ती नगर । आँखा बन्द नगर । तिमीलाई थाहा छ, तिमीले यौनलाई जति धेरै बुझ्नेछौं, उत्तिनै यसबाट मुक्त हुनेछौं । तिमीले जति यौनलाई बुझ्नेछौं, उत्तिनै स्वस्थ्य हुनेछौं । तिमीले जति यसको फ्याक्ट अर्थात तथ्यलाई बुझ्नेछौ, उतिनै कामुकताको ‘फिक्सन’बाट तिमीले छुटकारा पाउनेछौं ।जति मनलाई रोकिन्छ, मन त्यही दौडन्छ । र, दौडदा सबै शक्ति र उर्जा नष्ट हुन्छ । म तिमीलाई के पनि भन्न चाहन्छु भने, जुन देशमा यौनलाई स्वस्थ रुपले स्वीकार गरिदैन, त्यहाँ प्रतिभाको जन्म पनि हुँदैन ।ओशोका अनुसार जब हामी यौनका लागि भड्कदैनौ, यौन प्राप्तिका लागि समय र उर्जा नष्ट गर्दैनौं, तब हामी आफ्नो समय र उर्जा कुनै रचनात्मक काममा लगाउनेछौ । कुनै खोजमा, आविष्कारमा, कला, साहित्य, संगितमा त्यो उर्जा रुपान्तरण हुनेछ ।यौनलाई छाडा भनेर वा बर्जित गरेर यसको सही व्यवस्थापन हुँदैन । यौन बर्जित होइन, व्यवस्थित गर्नुपर्छ । यदि त्यसो भएमा मान्छेमा यौनकुष्ठा हट्नेछ । कामवासनाबाट मुक्त हुनेछन् । लुकीछिपी वा मौका छोपेर यौन कृत्य गर्न उक्सने छैन । ओशोको भनाई छ, यौनलाई स्विकार गर । यौनलाई बुझ । यौनको सौन्दर्यलाई बुझ ।via onlinekhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *