काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ ।उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरिएको हो । यसको केही घण्टा अघिमात्रै प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो ।जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए ।पुडासैनीले आ*त्मह*त्या गर्नुअघि खिचेको भनिएको भिडियो बुधबार सार्वजनिक भएको थियो।
भिडियोमा पुडासैनीले लामिछानेसहित अर्का पूर्वसहकर्मी र एक युवती आफ्ना ह*त्यारा भएको ग*म्भीर आ*रोप लगाएका थिए।न्युज २४ टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनी यो टिभी छोडेर केही समयदेखि माउन्टेन टेलिभिजनमा काम गरिरहेका थिए। नुवाकोटका स्थायी बासिन्दा पत्रकार पुडासैनी साउन २१ गते मंगलबार चितवनको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलमा झु*न्डिएको अ*वस्थामा फे*ला परेका थिए। । पक्राउ पर्नु भाग्दा केहि मिनेट अगाडी रबि लामिछाने संग गरिएको टेलिफोन बार्ता यस्तो छ:अडियो सिधा अनलाइन खबर बाट
Views: 0