धेरैलाई थाहा नहुन सक्छ, अहिलेका चित*वनका SP दानबहादुर मल्ल प्रचण्डका पुर्व बडीगार्ड हुन् । त्यतिबे*ला उनी डीएसपी थिए । प्रचण्डले आफ्नो जनमुक्ति सेना भन्दा बढी विश्वास मल्ललाई गर्दथे ।पछि उनले काठमाडौ, दरबारमा*र्गको प्रहरी बृतमा काम गरे । सोही ठाउँबाट उनलाई पद्दोन्नति समेत मिल्यो र उनी SP भए । त्यसपछी उनलाई चितवनमा सरुवा गरियो ।
अब बुझौ है !प्रचण्डले भरतपुरमा आफ्नी छोरी रेणुलाई मतपत्र च्यातेर मेयरमा जिता*उदा रबि लामिछानेले कार्यक्रम “सिधा कुरा जनतासंग” मार्फत सो कुराको चर्को बिरोध गरेका थिए ।केही महिना अगाडि मात्र पनि उनले एक प्रसङ्गमा प्रचण्ड मरेपनि केही फरक पर्दैन भन्ने शब्दवाली कार्यक्रममा प्रस्तुत गरेका थिए । उनको त्यो कार्यक्रमपछि प्रचण्ड पुत्री रेणु दाहालले रबिलाई पागल भनेर फेसबुकमा लेखेकी थिइन । रबिको सो कार्यक्रम पछि धेरै पुर्वमाओबादीका अरिङ्गालहरु रबिबिरुद्द खनिएका थिए । उनीहरु रबिलाई कसरी फसाउने भनेर मौका कुरिरहेका थिए ।रबिसंग दुस्मनी लिने अ*र्का मुख्य पात्र हुन्, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ । श्रेष्ठ पहिले माओबादीको खुब बिरोध गर्थे तर प्रेस काउन्सिलको अध्यक्षको पद खाली भएपछि सो पद पाउनको लागि दिमाग लगाए । सो पद खाली हुँदा प्रचण्ड प्रधानमन्त्री थिए । त्यसैले उनले प्रचण्डलाई फकाउन प्रचण्डको छोरा प्रकाश दाहा*लको अन्तर्बार्ता आफ्नो पत्रिकामा छापे । अनि अध्यक्ष बन्न
लबिंग सुरु गरे र बनेरै छाडे ।
अध्यक्ष भएपछि उनले रबि लामिछाने अमेरिकी पासपोर्ट लिएर नेपाल बसेको कुरा पत्ता लगाए । सो कुरा थाहा पाइसकेपछि उनले आफ्नो क्षेत्राधिकार नाघेर अध्यागमन बिभागलाई भनि रबि लामि*छानेलाई अमेरिका फर्काउन चिठी लेखे । त्यसपछि श्रेष्ठ र रबिको सम्बन्ध बिग्रियो ।रबिले सो घटना पछि अमेरि*काको पासपोर्ट त्यागेर नेपाली नागरिकता लिए । र रबिले आफ्नो कार्यक्रम मार्फत किशोर श्रेष्ठको विभिन्न कमजोरीहरुको पर्दाफास गरिदिए ।किशोर श्रेष्ठले पावरको प्रयोग गरि भिआइपीले पाउने रातो पास*पोर्ट लिएका थिए । रातो पासपोर्ट भएपछी बिदेश आउदा/जादा सामान्य नागरिक भन्दा अलिक धेरै सुबिधा पाइन्छ । रबि लामिछानेले त्यस कुराको समेत रिपोर्ट बजाएपछी सरकारले उनको रातो पासपोर्ट खोसिदियो । त्यसपछि किशोर रबि सङ झन् रिसाए ।पछि रबिलाई फसाउन बिहेको कुरा ल्याइयो । त्यो कुरालाई पनि रबिले पन्छाए । अहिले शालिकरामको मृत्युको खबरलाई पनि सबैभन्दा पहिले किशोर श्रेष्ठको “जनआस्था” साप्ताहिकले रबि यसको दोशी हुन् भन्दै छापेको थियो । सोहि दिन उनी निकट युटुब च्यानल “नेपाल आज”ले शालिकराम रोएको भिडियो सार्वजनिक गरेको थियो ।
“नेपाल आज” उनको निकट कसरी ?किनकी नेपाल आजले पटक पटक रबि लामिछानेलाई लक्षित गरि किशोर श्रेष्ठको भनाइलाई आफ्नो मिडियामा ठाउँ दिदै आएको छ । “नेपाल आज”मै झन्डै एक बर्ष अगाडि श्रेष्ठले रबिलाई कारबाही गर्नुपर्छ भनेर २ पटकसम्म लामो अन्तरवार्ता दिएका थिए, तर अन्य कुनै युटुब च्यानलले उनको अन्तरबार्ता लिएका थिएनन् । त्यसैले सो च्यानल उनकै पनि हुन सक्छ ।SP मल्लले आफुहरुले सो भिडियो सार्वजनिक नगरेको बताएका छन्, त्यसो भए नेपालआजले भिडियो कसरी पायो ? यो कुराको पनि अनुसन्धान हुनुपर्छ ।अझ यो आत्महत्या*को बिषय हुनुभन्दा ४-५ दिन अगाडि उनले निर्मला पन्तको बलात्कार सम्बन्धि कार्यक्रम प्रस्तुत गरेका थिए । सो कार्यक्रममा पत्रकार पनि भनिने र नेता पनि भनिने खेम भण्डा*रीलाई कार्यक्रममा ल्याएर नाङेझार बनाएर पठाएका दिए । त्यसपछि उनी पनि रबि बिरुद्ध स्पष्ट रुपमा लागेको खेम भन्डारीका पछिल्ला फेसबुक स्ट्याटसमा देख्न सकिन्छ ।अहिले यो आत्महत्याको बिषयमा रबिलाई फसाउन कति सजिलो भएको छ, हेर्नुस् !
आत्महत्या भएको ठाउँ: चितवन – जहाँ प्रचण्डको छोरी मेयर छिन् ।– जहाँ प्रचण्डले चुनाब जितेका थिए । – जहाँ प्रचण्डका भुतपुर्व सु*रक्षा गार्ड प्रहरी प्रमुख छन् । – प्रचण्डकै दुईतिहाइ सरकार छ । – किशोर श्रेष्ठ प्रेस काउन्सिलका अध्यक्ष छन् ।- सुदुरपश्चिमका मै हु भन्ने पत्रकार खेम भन्डारी संग रबिको भर्खरै झगडा परेको छ ।– घटनामा रबिकै पुर्व-सहकर्मीको मृत्यु भएको छ ।अनि रबिलाई फसाउने मौका यो भन्दा राम्रो कुन हुन सक्ला त ? यो कान्ड रबि भर्से*स नेकपा (प्रचण्डवाला) हो भन्दा पनि फरक पर्दैन किनकी रबि बिरुद्ध खनिने अधिकान्स अरिङालहरु प्रचण्ड पक्षकै छन् । त्यसैले यो यथार्थ हामी सबैले बुझ्न जरुरी छ । अब रवि लामिछानेलाई बचाउने जिम्मा हाम्रो ! सबैले सेयर गर्नुहोला ! news.muktinathtoday बाट
Views: 0