यो विषयमा म पहिले नै लेख्न चाहन्थेँ, जब पहिलो पटक अमेरिकाआएकी थिएँ- सन् २०१७ मा। अहिले म फेरि अमेरिका आइपुगेकी छु र मैले यो विषयमा लेख्नैपर्छ।अनुसन्धानहरुका अनुसार हरेक वर्ष १० लाखभन्दा बढी मानिस अमेरिका प्रवेश गर्छन्- अमेरिकी सपना लिएर र यो संख्या निरन्तर बढिरहेको छ। तर आफू आएको ठाउँका विविधताका बारेमा जानकारी तथा अपूर्ण बुझाइका कारण अधिकांश मानिसहरु शारीरिक तथा मानसिक रुपमा समस्यामा पर्न थाल्छन्, जब उनीहरुको यहाँको बसाइ सुरु हुन्छ।त्यो बेला उनीहरुको एउटै कामना हुन्छ कि कसैले यो ठाउँका बारेमा पहिल्यै बताइदिएको भए हुने!ल्याण्ड अफ लिबर्टीका रुपमा परिचित अमेरिका आउने तयारीमा रहेका सबैका लागि केही जान्नैपर्ने कुराहरु यहाँ समेट्न खोजिएको छ।
- १) आफू जाँदै गरेको राज्यका विविध पक्षका बारेमा जानकारी संकलन गर्नुहोस्:अमेरिकाका ५० राज्य आफैँमा भिन्न र फरक परिवेशका छन्। आफू जाँदै गरेको राज्यकाबारेमा सही र पर्याप्त जानकारी तथा बुझाइ बनाउनुहोस्, जसले तपाईँलाई पहिलोपटक अमेरिका आउने अरुले जस्तो मन खिन्न बनाउनु पर्दैन।
- २) सवारी चलाउन जान्नु अपरिहार्य:अमेरिकाआएको केही महिनाभित्रै कार किन्न तयार हुनुहोस्। किनकि अमेरिकामा कारबिना जीवन झण्डै बाँधिएको वा अशक्तजस्तै बन्न सक्छ। आफ्नो देशमा सवारी चालक परिचयपत्र भएको भए पनि अमेरिकामा यहिँको नियमअनुसारको सवारी चालकअनुमतिपत्र लिनका लागि परीक्षा दिनु अनिवार्य छ।
- ३) कुनै पनि प्रकारको काम गर्नका लागि तयार हुनुहोस्: अमेरिका जाँदै गर्दा यो कुरा स्पष्ट हुनुपर्छ कि, जीवन पुनः शून्यबाट थालनी हुँदैछ। आफ्नो सीप या दक्षता अनुसारको कामका लागि योग्य नभएसम्म जस्तो खालको काम गर्नका लागि पनि तयार हुनुपर्छ। ती कामहरु कल्पना गरिएभन्दा बाहिरका पनि हुनसक्छन्। त्यसैले यदि तपाईँमा अमेरिकी जीवनको सपना छ भने केही वर्षका लागि आफ्नो इगो साइडमा राख्न सक्नुपर्छ।
- ४) तपाईँ सम्पूर्णतःआफ्नै बलबुतामा उभिने तयारीमा हुनुहुन्छ:अमेरिकामा तपाईँ आत्मनिर्भर व्यक्ति हो। जे गरिन्छ, त्यही मात्रै पाइन्छ। त्यसैले कसैले यहाँको बसाइ सजिलो बनाइदिन्छ भनेर आश नगर्नु होला। आफूलाई नयाँ विश्वमा समाहित गर्नका लागि तयार बनाउनु होस्। यदि कसैले तपाईँलाई विमानस्थलमा पिक गर्न आएको छ भने उसले सधैँ तपाईँलाई चाहिएका बेला सहयोग गर्छ भन्ने छैन। यो कुरा स्वीकार गर्न सक्नु पर्छ।
- ५) अमेरिका जताजतै न्युयोर्कजस्तो छैन या होइनअमेरिका कल्पनागरिएभन्दा धेरै भिन्न छ। मलाई लाग्छ हामी सबै चलचित्र तथा भिडियोहरुमा देखेको या देखाइएको चिजका भरमा अमेरिकी जीवनबाट प्रभावित भएका छौँ। तर यहाँको वास्तविकता त्योभन्दा बिलकुल फरक छ। यसलाई स्वीकार गर्नुहोस्।
- ६) संघर्षका दिनहरुका लागि आर्थिक स्रोतको व्यवस्थापन गर्नुहोस्:अमेरिकी भूमिमा प्रवेश गर्नुपूर्व तपाईँले राम्रो योजना बनाएको हुनुपर्छ। यसमा आर्थिक योजना सबैभन्दा माथिल्लो स्थानमा आउँछ। यहाँ आएर आय गर्न केही समय लाग्न सक्छ, त्यसैले संक्रमणकालका लागिआर्थिक रुपमा बलियो हुनुपर्छ।
- ७) सपना ठूलो देख्नुस् तर त्यो रातारात विपना बन्ने आश भन्ने कदापि नगर्नुहोलासपना देख्नुपर्छ र त्यसको आकारलाई फैलाउँदै लैजानु पनि पर्छ। तर ती सपनाहरु रातारात वास्तविकतामा परिणत हुने आश वा कल्पना नगर्नुहोस्। किनकि सफलता जहिले पनि लगातारको प्रयास र धेरै रातहरुको निन्द्रा गुमाएपछि मात्रै प्राप्त हुन्छ। आफ्नो स्तर थाहा पाउनु होस्, छोटो अवधिका लागिआफ्नो लक्ष्य तय गर्नुहोस्। ती लक्ष्य पूरा गर्नका लागि कडा मेहनत गर्नुहोस्। अनि मात्रै ठूलो सपना पूरा हुने बाटो समात्न सकिन्छ। तर यसका लागि लगनशीलता र धैर्यता दुवै चाहिन्छ।
- ८) यहाँ वर्षौँदेखि बसिरहेका मानिसहरु देखेर मोहित या मुग्ध नहुनुहोस्:आफूले चिनेका मानिसहरुको शानको जीवन देख्न सक्नुहुन्छ किनकि उनीहरु वर्षौँदेखि यहाँ बसेका हुन्छन्। हुनसक्छ- तपाईँले आफ्नो जीवन उनीहरुसँग दाँज्न थाल्नु हुन्छ। र तपाईँलाई नराम्रो लाग्छ। तर देखिएका वा सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरहरुमा पूरा विश्वास नगर्नुहोस्।
- ९) संघर्षको चरणका लागि आफूलाई मानसिक तथा शारीरिक रुपमा तयार पार्नुहोस्:यो सबैभन्दा महत्वपूर्ण पक्ष हो। कसैले पनि भन्दैन कि जीवन सजिलो हुनेछ। आउनसक्ने सम्भावित परिवेशहरुका लागि तयार हुनुपर्छ। किनकि जीवनको नयाँ अध्याय सुरु हुँदैछ। मानसिक तथा शारीरिक रुपमा सम्भावित सबै परिवेशका लागि तयार भएमा तपाईँले जीवनको सुन्दर अध्यायको मज्जा पक्कै लिन पाउनु हुनेछ।
- १०) यदि तपाईँ विद्यार्थीका रुपमा आउँदै हुनुहुन्छ भने सामुदायिक कलेजको सट्टा विश्वविद्यालयका लागि योजना बनाउनुहोस्धेरै विद्यार्थीले विश्वविद्यालयको सट्टा सामुदायिक कलेज रोज्छन् किनकि यी केही सस्तो हुन्छन्। तर तपाईँले विश्वविद्यालय रोज्नु भयो भने भविष्य उज्ज्वल हुने सम्भावना बढी रहन्छ।
- ११) सांस्कृतिक झट्काका लागि तयार हुनुहोस्यदि तपाईँ नेपाल, भारतसहितका देशबाट हुनुहुन्छ भने अमेरिकामा बिलकुलै भिन्न परिवेश देख्नु हुनेछ। यसबारे विस्तृतमा केही नभनी यतिमात्रै भन्न चाहन्छु कि तपाईँ हरेक समुदायको जीवनशैली र छनौटलाई सम्मान गर्ने र त्यसको सुन्दरतालाई महसुस गर्न सक्ने हुनुहोस्।यी त भए मैले देखेका कुराहरु। यहाँहरुलाई केही कुरा छुटेको वा थप्नुपर्नेजस्तो लागे हामीलाई यसमा सहयोग गर्नुहोस्।देश्सान्चार बाट
आपतकालीन अवस्थामा तपाईं यसरी जगाउन सक्नुहुन्छ काम गर्न छाडेको मुटु हृदयघात (हार्ट अट्याक) भएर मानिसको मृत्यु भएको धेरै सुनिन्छ। तर कार्डियक अरेस्ट (मुटु फेल) भएर धेरैको मृत्यु भइरहेको हुन्छ।हार्ट अट्याक र कार्डियक अरेस्टमा धेरै भिन्नता छ। हार्ट अट्याक हुँदा रक्तनलीमा रगत वा नराम्रो कोलेस्ट्रोलको कारणले प्लेक जम्न गई रक्तसंचार अवरुद्ध हुन्छ। फलस्वरूप मुटुको मांसपेसीमा अक्सिजन जान बन्द हुन्छ र मांसपेसी विस्तारै मर्न थाल्छ।तर, कार्डियक अरेस्टमा भने अचानक मुटुको विद्युत् सञ्चार अनियमित हुन्छ र धड्कन एकदमै बढ्छ। जसले गर्दा मुटु अनियन्त्रित भई अन्त्यमा मुटुले काम गर्न छोड्छ र मानिस बेहोस् हुन्छ। कार्डियक अरेस्ट हुनुका कारणमध्ये हार्ट अट्याक पनि एक हो।कार्डियाक अरेस्टमा भने प्रायः मानिस केही सेकेन्ड वा मिनेटमा नै बेहोस् हुन्छन्। यो डरलाग्दो रोगले समय, उमेर, ठाउँ केही पनि भन्दैन।
अमेरिकन हार्ट एसोसिएसनका अनुसार धेरैजस्तो कार्डियक अरेस्ट अस्पताल बाहिर हुनेगर्छ। अमेरिका जस्तो विकसित मुलुकमा पनि कार्डियक अरेस्ट भएका ९० प्रतिशत व्यक्ति समयमा सीपीआर नपाएकै कारण ज्यान गुमाउने गर्छन् । नेपालमा यसको संख्या अझ बढी हुनसक्छ । स्वस्थ मानिसलाई पनि अचानक कार्डियक अरेस्ट हुनसक्छ।कार्डियक अरेस्टपश्चात् हरेक मिनेट बित्दै जाँदा बिरामीको बच्ने सम्भावना १० प्रतिशतले घट्दै जान्छ। १० मिनेटमा प्रायः बिरामीले ज्यान गुमाउँछन् वा बच्ने सम्भावना न्यून हुन्छ। त्यसैले यस्तो जोखिम अवस्थामा एम्बुलेन्स आएर बचाउनेभन्दा पनि तपाईँ–हाम्रै सानो प्रयासले बिरामीलाई बचाउन सकिन्छ । यस्तो लक्षण देख्नासाथ संयम भएर सीपीआर दिन सक्यौं भने नै त्यो ठूलो उपलब्धि हुन्छ।सीपीआर दिँदा हातले छातीमाथि सकेको बल लगाएर थिच्नुपर्छ। मुटुले गर्ने काम तपाइँ–हाम्रो हातले गर्नुपर्छ। त्यो थिचाइबाट नै मुटु र मस्तिष्कले अक्सिजन भएको रक्तसञ्चार पाउँछ र बिरामीको ज्यान जोगिन्छ ।
तपाईले घर, स्कुल, सडक, पसल वा जुनसुकै ठाउँमा हेर्दाहेर्दै कोही पनि व्यक्ति ढलेको देख्नुभयो भने सर्वप्रथम उसले श्वास फेरेको वा नफेरेको हेर्नुहोस्। त्यसको लागि छाती तलमाथि छ कि छैन, नाक–मुखबाट हावा निस्केको छ, छैन हेर्नुहोस्। साथै नजिकै गएर सुन्नुहोस्, तपाइँले त्यहाँ जीवनको कुनै संकेत देख्नुभएन भने १० सेकेन्डभित्र नै बिरामीलाई सुरक्षित ठाउँमा राखेर सीपीआर दिन सुरु गर्नुहोस् र तुरुन्त एम्बुलेन्स पठाइदिनको लागि अनुरोध गर्नुहोस्।श्वासप्रश्वास दिँदा तरिका मिलाउन सकिएन भने समय मात्र बर्बाद हुन्छ र बिरामीलाई बचाउने प्रतिशत घट्छ। त्यसैले यस्तो आपतकालीन स्थितिमा हातले मात्र दिने सीपीआर बढी महत्वपूर्ण हुन्छ। यस्ता बिरामीलाई सीपीआरपश्चात् अस्पतालमा कार्डियोभर्टर–डिफिब्रिलेटरको आवश्यकता पर्नसक्छ ।थ्रोम्बोलाइटिक औषधि, कोरोनरी आटरी बाइपास सर्जरी, एनजिओप्लास्टी र स्टेन्ट राखेर रगतका धमनीहरु खुलाइन्छ र बिरामीलाई तन्दुरुस्त बनाइन्छ। समयमा सीपीआर दिएमा बिरामीको ज्यान जोगिने सम्भावना ५० देखि ७५ प्रतिशतसम्म बढी हुन्छ ।
Views: 0