राजस्व संकलनको करिब २१ लाख रुपैयाँ घोटाला छानबिन गर्न समिति ।

२०७६ भाद्र १, आईतवार १०:४६ गते २०७६ भाद्र १, आईतवार १०:४६ गते २०७६ भाद्र १, आईतवार १०:४६ गते

दोलखा – नदीजन्य पदार्थको निकासीबापत उठाइने राजस्वमा करिब २१ लाख रुपैयाँ अपचलन भएको बारे अनुसन्धान गर्न दोलखाको तामाकोसी गाउँपालिकाले छानबिन समिति गठन गरेको छ।

बुधबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले उपाध्यक्ष उर्मिला खड्का केसीको संयोजकत्वमा अधिकारसम्पन्न छानबिन समिति गठन गरेको हो। छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रहरी कार्यालयको अधिकृत स्तरको कर्मचारीलाई सदस्य राख्ने निर्णय गरिएको छ।

गाउँपालिकाको तामाकोसी नदी क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवासहित नदीजन्य वस्तु निकासीबापत गाउँपालिकाले उठाउनुपर्ने २९ लाख ८२ हजार राजस्वको रकममध्ये आठ लाख ११ हजार रुपैयाँमात्र गाउँपालिकामा दाखिला गरेर करिब २१ लाख रुपैयाँ अपचलन गरेको भन्नेबारे समाचार प्रकाशन भएको थियो।

समितिमा गाउँपालिकाका इन्जिनियर सुबोध चापागाईंलाई सदस्य सचिव तोकिएको उपाध्यक्ष केसीले बताइन्। समितिलाई १५ दिनभित्र गहन अनुसन्धान गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। समितिले आवश्यकताअनुसार राजस्व अपचलन भएको भनिएको समयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दिपेश कट्टेल, कर्मचारी, क्रसर सञ्चालकसहित सबै सरोकारवाला पक्षलाई झिकाएर बयान लिने र अनुसन्धान गर्न सक्नेछ।

निर्णयलगत्तै छानबिन समितिमा सदस्य पठाउन जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र जिल्ला प्रहरीलाई बिहीबार पत्र लेखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले जानकारी दिए। गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले समितिको प्रतिवेदनबाट दोषी देखिएका जोकोहीलाई पनि कानुनअनुसार कडा कारबाही गरिने बताए।

गाउँपालिकामा अघिल्लो आवको ०७५ साउन १ देखि असोज २२ गतेसम्म ठेक्का नलागेको अवधिमा तामाकोसी नदी क्षेत्रबाट निकासी हुने गिट्टी बालुवालगायतको निकासी करबापतको रकम गाउँपालिकामा गत असार मसान्तमा आठ लाख मात्रै दाखिला गरेर २१ लाख रुपैयाँ घोटाला भएको देखिएको थियो। गाउँपालिकाले भने कर्मचारी अभावका कारण क्रसर उद्योगबाट बिजक काटिएको बिल अनुसारको रकम गाउँपालिकामा बुझाउनू भन्दै क्रसर उद्योगको लेखा हेर्ने कर्मचारीलाई रसिद प्याड बुझाइएको र क्रसर उद्योगबाट नै राजस्व अपचलन भएको दाबी गरेको छ। क्रसर उद्योग सञ्चालकले भने आफूहरुले गाउँपालिकाको रसिद प्याड नबुझेको र गाउँपालिकाले संकलक राखेरै राजस्व उठाउँदै आएको बताउँदै आएका छन्। स्रोत: नागरिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *