चितवनको हिरासतमा यसरी बसेका छन् रवी लामिछाने (हेर्नुहोस भीडियो सहित)

२०७६ भाद्र १, आईतवार २२:१२ गते २०७६ भाद्र १, आईतवार २२:१२ गते २०७६ भाद्र १, आईतवार २२:१२ गते

चितवन। रवी लामिछानेले पनि चितवन प्रहरीको हिरासतलाई उपन्यास पढ्ने उपुक्त थलो बनाएका छन्। नेपाली पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरण ले चितवनको माहोल यातिबेला तातिरहेको छ। यही प्रकरणमा न्युज २४ का प्रस्तोता रवी लामिछाने चितवन प्रहरी को हिरासतमा छन। उनलाई रिहाइको मागगर्दै बाहिर उनका प्रशंसकहरुले नाराबाजी गरिरहँदा हिरासतभित्र थुनुवाको रुपमा रहेका पत्रकार रवी लामिछाने के गर्दै छन् भन्ने जिज्ञासा सबैलाई छ। मानिसहरु जेलमा बस्दा धेरै भन्दा धेरै पुस्तक पढ्ने गरेको त सबैल्व सुनेकै हो। लामिछान्ने पनि चितवन प्रहरीको हिरासतलाई उपन्यास पढ्ने उपयुक्त थलो बनाएका छन्। हिरासतमा बन्दीहरुको भिडमा पनि म्याट ओच्छ्याको भुइमा नै बसेर एक छेउमा गहिरेर उपन्यास लगातार पढेको देखेपछि उनको किताब मोहलाई मानवअधिकार कर्मीहरुले पनि प्रशंसा गरेका छन्। बाहिर उनको फ्यानहरु नाराजुलुस र ढुंगा मुढामा उत्रिदा उनि भने हिरासतमा उपन्यास पढ्ने व्यस्त हुन्छन। संचारकर्मी लामिछानेले अहिले सुविन भट्टराईको चर्चित उपन्यास सय पढिरहेका छन्। हिरासतमा बन्दीहरुको भिडमा पनि म्याट ओच्छ्याको भुइमा नै बसेर एक छेउमा गहिरेर उपन्यास लगातार पढेको देखेपछि उनको किताब मोहलाई मानवअधिकार कर्मीहरुले पनि प्रशंसा गरेका छन्।

हेर्नुहोस पुरा भिडिओ :

यो पनि हेर्नुहोस : बालबालिकालाई कसरी सिपालु बनाउने ? हरेक अभिभावकले पढ्नैपर्ने कुरा भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाइले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए । गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे ।बालबालिकाको सही विकासका लागि सही शैक्षिक वातावरणको कुरा उठाउँदै त्यसमै केन्द्रित रहेर उनले धेरै पुस्तक पनि लेखेका छन् ।पुस्तकहरुमार्फत उनले बालबालिकाको सार्थक सिकाइ र विकासका लागि घरको वातावरण महत्वपूर्ण हुनेमा अभिभावकको ध्यानाकर्षण गर्दै शिक्षकलाई समेत जिम्मेवार हुन आग्रह गरेका छन् ।बालबालिकालाई कसरी हुर्काउने र कसरी शिक्षा दिने भन्ने उल्लेख गर्दै गिजुभाइले औंल्याएका केही बुँदा शिक्षा विमर्श नामक ब्लगबाट अनुवाद गरी यहाँ प्रस्तुत गरिएको छ ।

भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाइले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए । गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे ।बालबालिकाको सही विकासका लागि सही शैक्षिक वातावरणको कुरा उठाउँदै त्यसमै केन्द्रित रहेर उनले धेरै पुस्तक पनि लेखेका छन् ।पुस्तकहरुमार्फत उनले बालबालिकाको सार्थक सिकाइ र विकासका लागि घरको वातावरण महत्वपूर्ण हुनेमा अभिभावकको ध्यानाकर्षण गर्दै शिक्षकलाई समेत जिम्मेवार हुन आग्रह गरेका छन् ।बालबालिकालाई कसरी हुर्काउने र कसरी शिक्षा दिने भन्ने उल्लेख गर्दै गिजुभाइले औंल्याएका केही बुँदा शिक्षा विमर्श नामक ब्लगबाट अनुवाद गरी यहाँ प्रस्तुत गरिएको छ ।आफैं गर्न दिनुस् बच्चालाई आफैं काम गर्ने सोख हुन्छ । उसलाई रुमाल धुन दिनुस् ।उसलाई भाँडामा पानी भर्न दिनुस् ।उसलाई फूल सजाउन दिनुस् ।उसलाई कचौरा मस्काउन दिनुस् ।उसलाई मटरकोसाको दाना निकाल्न दिनुस् ।उसलाई खानेकुरा पस्किन दिनुस् ।बच्चालाई सारा काम आफैं गर्न दिनुस् ।उसको आफ्नो मर्जीले गर्न दिनुस् ।उसको आफ्नो ढंगले गर्न दिनुस् ।पहिचान:हाम्रो आँखामा अमृत छ वा विष,हाम्रो बोलीमा मिठास छ या टर्रोपन,हाम्रो स्पर्शमा कोमलता छ वा कठोरता,हाम्रो मनमा शान्ति छ वा अशान्ति,हाम्रो मनमा आदर छ वा अनादर,बच्चा यी कुरा तुरुन्तै पत्ता लगाउँछन् ।बच्चा हामीलाई एकदम जानिसक्छन् ।दुश्मनसुत, नत्र अहिले बाबाजीले पक्रेर लैजान्छ !’खाऊ, नत्र चोरले लिएर जान्छ ।’बाघ आयो !’बाबाजी आयो !’पुलिस आयो !’चुप लाग, नभए कोठामा बन्द गरेर राख्छु ।’पढ्न बस, नत्र पिट्छु ।’जो यसरी बच्चालाई डर देखाउँछन्,उनीहरु बच्चाहरुका दुश्मन हुन् ।पृथ्वीमा स्वर्ग यदि हामीले बच्चाहरुलाई आफ्नो घरमा उचित स्थान दियौं भने,हाम्रो पृथ्वीमा नै स्वर्गको सृष्टि हुन सक्छ ।स्वर्ग बच्चाको सुखमा छ ।स्वर्ग बच्चाको स्वास्थ्यमा छ ।

स्वर्ग बच्चाको प्रसन्नतामा छ ।स्वर्ग बच्चाको निर्दोष मस्तीमा छ ।स्वर्ग बच्चाको गीत र गुनगुनाइमा छ ।महान् आत्माबच्चाको शरीर सानो छ, तर उसको आत्मा महान् छ ।बच्चाको शरीर बढ्दो छ ।बच्चाको शक्ति विकासशील छ ।तर, उसको आत्मा त पूर्ण छ ।हामी त्यो आत्मालाई सम्मान गरौं ।आफ्नो गलत रीति र नीतिबाट हामी बच्चाहरुको शुद्ध आत्मालाई प्रदुषित नपारौं ।जानीराखौं बच्चा सम्पूर्ण मनुष्य हो ।बच्चामा बुद्धि छ, भावना छ,मन छ, आफ्नो बुझाइ छ ।बच्चामा भाव र अभाव छ, रुचि र अरुचि छ ।हामी बच्चाका इच्छाहरु चिनौं ।हामी बच्चाका भावनाहरुलाई सम्झौं ।बच्चा अबोध र निर्दोष छ ।आफ्नो अहंकारका कारण हामी बच्चालाई तिरस्कार नगरौं ।आफ्नो अभिमानका कारण हामी बच्चाको अपमान नगरौं ।चाहना बच्चालाई आफैंले खानु छ, तपाई उसलाई नख्वाउनुस् ।बच्चालाई आफैं नुहाउनु छ, तपाईं उसलाई ननुहाइदिनुस् ।बच्चालाई आफैं हिँड्नु छ, तपाईं उसको हात नसमात्नुस् ।बच्चालाई आफैं गाउनु छ, तपाईं उसलाई गाउन नलगाउनुस् ।बच्चालाई आफैं खेल्नु छ, तपाईं उसको बीचमा नआउनुस् ।

किनकि बच्चा स्वावलम्बन चाहन्छ ।यति पनि नगर्ने ?गानाबजाना गर्ने ठाउँमा जान छोडेर बच्चालाई बगैंचामा लैजानुस् ।गफमा अल्झिनुको साटो बच्चालाई चिडियाखाना देखाउन लैजानुस् ।अखबारमा मात्र अलमलिएर नबसी बच्चाको कुरा पनि सुन्नुस् ।राति सुत्ने समयमा बच्चालाई असल कहानीहरु सुनाउनुस् ।बच्चाको हरेक काममा गहिरो चासो देखाउनुस् आत्मसुधार बच्चालाई यस कारण सम्मान गर्नुस, ताकि हामीमा आत्मसम्मानको भावना जागोस् । बच्चालाई गाली गर्ने, तर्साउने नगर्नुस् । जसले गर्दा गाली गर्ने र तर्साउने हाम्रो खराब बानी छुट्दै जाओस् । बच्चालाई नपिट्नुस् जसले गर्दा मारपिट गर्ने हाम्रो पशु–वृत्ति नष्ट हुन सकोस् । यसरी आफूलाई सुधारेर नै हामी आफ्ना बच्चालाई सही रुपमा विकास गर्न सक्छौं ।डर र लोभ:आमा, बुवा र शिक्षकले बुझिराख्नुस्पिटेर वा लोभ देखाएर बच्चा सुन्न सक्दैनन्,बरु उल्टै बिग्रिँदै जान्छन् ।पिटेपछि बच्चामा झन् उग्र भावना बढ्छ ।लोभ देखाउँदा बच्चा लालची बन्छन् ।डर र लोभका कारण बच्चा निर्लज्ज, थेत्तरो, जिद्दी र दीन(हीन बन्छन् ।सुन्दर संसार घर यदि आमाबुवाले आफूले जस्तोसुकै आचरण गरे पनि आफ्नो बच्चालाई संस्कारी बनाउन सकिन्छ भन्ने सोच्छन् भने,त्यो ठूलो भूल हो ।आमाबुवा र घर, दुइटै संसारको सबैभन्दा ठूलो र शक्तिशाली चिजहरु हुन् ।घरमा बिग्रेको बच्चालाई भगवान् पनि सुधार्न सक्दैनन् !प्रकृतिको उपहार प्रकृतिबाट टाढा रहने बच्चाले प्रकृतिको विविधताबारे कसरी थाहा पाओस् !झलमल्ल चन्द्रमा, कलकल बग्ने नदी,खेतको माटो,परालको घर, पहाडको ढुंगा, आकाशको रंग र खुला हावा,यी सबै ती उपहार हुन्, जुन बच्चालाई प्रकृतिबाट प्राप्त भएका हुन् ।

बच्चालाई मन लागुन्जेल प्रकृतिको आनन्द लुट्न दिनुस् ।गतिमान:बच्चा पल–पलमा बढ्ने प्राणी हो ।बच्चाको दृष्टि हर समय प्रश्न सोध्ने खालको हुन्छ ।बालकको हृदय केही बोलिरहने खालको हुन्छ ।बच्चाको व्याकरणमा प्रश्न र बोली हुन्छ ।तर पूर्णविराम कतै पनि हुँदैन ।बच्चाको अर्थ हो, निरन्तर गतिजहाँ अल्पविराम समेत हुँदैन झैझगडा:आमाबुवा र अरु ठूला मान्छेको झगडाको कारण घरको वातावरण प्रायः अशान्त रहने गर्छ ।यसले गर्दा बच्चा निकै दिक्क हुने गर्छन् ।अरु केहीका लागि नभए पनि आफ्नो बच्चाका लागि भए पनि हामी घरमा मिजासिलो रुपमा जीवन जिउन सिकौं ।घरको शान्त र सुखी वातावरणमा नै बच्चाको राम्रो शिक्षा पाउन सक्छ ।जीवित ग्रन्थ जो पुस्तक पढेर ज्ञान प्राप्त गर्छन्, उनीहरु शिक्षक बन्छन् ।जो बच्चालाई पढेर ज्ञान प्राप्त गर्छन्, उनीहरु शिक्षाशास्त्री बन्छन् ।शिक्षाशास्त्रीको लागि प्रत्येक बच्चाएक समर्थ, अद्वितीय र जीवित ग्रन्थ हुन् ।बालकको शक्ति तपाईं सारा संसारलाई धोका दिन सक्नुहुन्छ,तर, आफ्ना बच्चाहरुलाई धोका दिन सक्नुहुन्न ।तपाईं सबैलाई मूर्ख बनाउन सक्नुहुन्छ,तर, आफ्ना बच्चाहरुलाई कहिल्यै मूर्ख बनाउन सक्नुहुन्न ।तपाईं सबैलाई सबथोक लुकाउन सक्नुहुन्छ,तर, आफ्ना बच्चाहरुलाई केही पनि लुकाउन सक्नुहुन्न ।बच्चा सर्वज्ञ हुन्छन्, सर्वव्यापी हुन्छन्, सर्वशक्तिमान हुन्छन् ।गफ दिनु बेकार छहामीले पढ्ने, सोच्ने र लेख्ने काम गर्दैमा हाम्रो काम पूरा हुन्छ त ?हुँदैन, हामीले त शिक्षाको नयाँनयाँ मन्दिरको निर्माण गर्नु छ,र ती मन्दिरमा अहिलेसम्म अपुज्य रहेकी सरस्वती देवीको स्थापना गर्नु छ ।बच्चाहरुको लागि नयाँ युगको आरम्भ भएको छ ।केवल गफ गरेर केही पनि हुँदैन ।केही गर्नुस् ! केही गराउनुस् !!चैन कसरी मिलोस् ?जबसम्म बच्चाहरुले घरमा पिटाइ खान्छ,र, विद्यालयमा गाली सुन्छ तबसम्म मलाई चैन कसरी मिलोस् ? जबसम्म बच्चाहरुका लागि विद्यालय, पुस्तकालय, बगैंचा र खेलमैदान बन्दैन,तबसम्म मलाई चैन कसरी मिलोस् ?जबसम्म बच्चाहरुलाई प्रेम र सम्मान मिल्दैन, तबसम्म मलाई चैन कसरी मिलोस् ?गिजुभाइका कुरा बच्चाहरुले प्रेम दिएर मलाई समृद्ध बनाए ।बच्चाहरुले मलाई नयाँ जीवन दिए ।बच्चाहरुलाई सिकाउने क्रममा मैले पनि धेरै सिकेँ ।बच्चाहरुलाई पढाउने क्रममा मैले पनि निकै पढेँ ।बच्चाहरुको गुरु बनेर मैले उनीहरुको गुरु

आपतकालीन अवस्थामा तपाईं यसरी जगाउन सक्नुहुन्छ काम गर्न छाडेको मुटु हृदयघात (हार्ट अट्याक) भएर मानिसको मृत्यु भएको धेरै सुनिन्छ। तर कार्डियक अरेस्ट (मुटु फेल) भएर धेरैको मृत्यु भइरहेको हुन्छ।हार्ट अट्याक र कार्डियक अरेस्टमा धेरै भिन्नता छ। हार्ट अट्याक हुँदा रक्तनलीमा रगत वा नराम्रो कोलेस्ट्रोलको कारणले प्लेक जम्न गई रक्तसंचार अवरुद्ध हुन्छ। फलस्वरूप मुटुको मांसपेसीमा अक्सिजन जान बन्द हुन्छ र मांसपेसी विस्तारै मर्न थाल्छ।तर, कार्डियक अरेस्टमा भने अचानक मुटुको विद्युत् सञ्चार अनियमित हुन्छ र धड्कन एकदमै बढ्छ। जसले गर्दा मुटु अनियन्त्रित भई अन्त्यमा मुटुले काम गर्न छोड्छ र मानिस बेहोस् हुन्छ। कार्डियक अरेस्ट हुनुका कारणमध्ये हार्ट अट्याक पनि एक हो।कार्डियाक अरेस्टमा भने प्रायः मानिस केही सेकेन्ड वा मिनेटमा नै बेहोस् हुन्छन्। यो डरलाग्दो रोगले समय, उमेर, ठाउँ केही पनि भन्दैन।

अमेरिकन हार्ट एसोसिएसनका अनुसार धेरैजस्तो कार्डियक अरेस्ट अस्पताल बाहिर हुनेगर्छ। अमेरिका जस्तो विकसित मुलुकमा पनि कार्डियक अरेस्ट भएका ९० प्रतिशत व्यक्ति समयमा सीपीआर नपाएकै कारण ज्यान गुमाउने गर्छन् । नेपालमा यसको संख्या अझ बढी हुनसक्छ । स्वस्थ मानिसलाई पनि अचानक कार्डियक अरेस्ट हुनसक्छ।कार्डियक अरेस्टपश्चात् हरेक मिनेट बित्दै जाँदा बिरामीको बच्ने सम्भावना १० प्रतिशतले घट्दै जान्छ। १० मिनेटमा प्रायः बिरामीले ज्यान गुमाउँछन् वा बच्ने सम्भावना न्यून हुन्छ। त्यसैले यस्तो जोखिम अवस्थामा एम्बुलेन्स आएर बचाउनेभन्दा पनि तपाईँ–हाम्रै सानो प्रयासले बिरामीलाई बचाउन सकिन्छ । यस्तो लक्षण देख्नासाथ संयम भएर सीपीआर दिन सक्यौं भने नै त्यो ठूलो उपलब्धि हुन्छ।सीपीआर दिँदा हातले छातीमाथि सकेको बल लगाएर थिच्नुपर्छ। मुटुले गर्ने काम तपाइँ–हाम्रो हातले गर्नुपर्छ। त्यो थिचाइबाट नै मुटु र मस्तिष्कले अक्सिजन भएको रक्तसञ्चार पाउँछ र बिरामीको ज्यान जोगिन्छ ।तपाईले घर, स्कुल, सडक, पसल वा जुनसुकै ठाउँमा हेर्दाहेर्दै कोही पनि व्यक्ति ढलेको देख्नुभयो भने सर्वप्रथम उसले श्वास फेरेको वा नफेरेको हेर्नुहोस्। त्यसको लागि छाती तलमाथि छ कि छैन, नाक–मुखबाट हावा निस्केको छ, छैन हेर्नुहोस्। साथै नजिकै गएर सुन्नुहोस्, तपाइँले त्यहाँ जीवनको कुनै संकेत देख्नुभएन भने १० सेकेन्डभित्र नै बिरामीलाई सुरक्षित ठाउँमा राखेर सीपीआर दिन सुरु गर्नुहोस् र तुरुन्त एम्बुलेन्स पठाइदिनको लागि अनुरोध गर्नुहोस्।श्वासप्रश्वास दिँदा तरिका मिलाउन सकिएन भने समय मात्र बर्बाद हुन्छ र बिरामीलाई बचाउने प्रतिशत घट्छ। त्यसैले यस्तो आपतकालीन स्थितिमा हातले मात्र दिने सीपीआर बढी महत्वपूर्ण हुन्छ। यस्ता बिरामीलाई सीपीआरपश्चात् अस्पतालमा कार्डियोभर्टर–डिफिब्रिलेटरको आवश्यकता पर्नसक्छ ।थ्रोम्बोलाइटिक औषधि, कोरोनरी आटरी बाइपास सर्जरी, एनजिओप्लास्टी र स्टेन्ट राखेर रगतका धमनीहरु खुलाइन्छ र बिरामीलाई तन्दुरुस्त बनाइन्छ। समयमा सीपीआर दिएमा बिरामीको ज्यान जोगिने सम्भावना ५० देखि ७५ प्रतिशतसम्म बढी हुन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *