त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा प्रहरीले अपमान गरे कि पूर्व युवराज पारस शाहले ?

२०७६ भाद्र २, सोमबार १५:५१ गते २०७६ भाद्र २, सोमबार १५:५१ गते २०७६ भाद्र २, सोमबार १५:५१ गते

काठमाडौं । बेलाबेलामा विवादमा आइरहने पूर्व युवराज पारस शाह फेरि एक पटक विवादमा तानिएका छन् ।

आइतबार पारसले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई धकेलेपछि शाह विवादमा तानिएका हुन ।

आमा कोमल शाहलाई बिदाई गर्न बिमानस्थल पुगेका आफ्ना छोरा हृदयन्द्र र भान्जा पार्थव सिंहमाथि प्रहरीले अपमान गरेपछि पारस रिसाएका थिए ।

पारसको पछिल्लो विवादबारे सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ ।

केहिले पारसले बर्दिवाल प्रहरीमाथि हातपात गरेको भन्दै प्रचलित कानुन बमोजिम कारबाहि गरिनुपर्ने माग राखेका छन् भने केहिले प्रहरीभित्र सुधारको खाँचो रहेको टिप्पणी गरेका छन् ।
बेलाबेलामा प्रहरीले सर्वसाधारणलाई गरेको अपमानजनक व्यवहार भन्दै सामाजिक सञ्जालमा भिडियोहरु आईरहन्छन् ।

पारसको भिडियोबारे सामाजिक सञ्जालमा यस्तो टिप्पणी भैरहेको छ । पारसले गरेको अपमानबारे के भन्छन् सई ?

पारसले प्रहरीमाथि गरेको अपमान भन्दै सामाजिक सञ्जालमा विरोध भइरहँदा नेपाल प्रहरीले भने यसलाई सामन्य रुपमा लिएको छ । उक्त घटनबारे सई खत्रीले भने ‘खोई के कुरामा उहाँलाई चित्त बुझेन । एक्कासी आएर हातपात गर्नुभयो । घटनाबारे विमानस्थल प्रहरीको माथिल्लो निकायमा जानकारी गराएको छु ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *