अस्मितासँग बयान, रवी र युवराजको पनि आजै – शालिकराम आत्महत्या प्रकरण

२०७६ भाद्र २, सोमबार १७:१५ गते २०७६ भाद्र २, सोमबार १७:१५ गते २०७६ भाद्र २, सोमबार १७:१५ गते

चितवन । चितवनमा मृत अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा हिरासतमा रहेका सञ्चारकर्मी रवी सहित ३ जना सँग प्रहरीले बयान लिन सुरु गरेको छ ।
आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका उनीहरुसँग प्रहरीले सोमबार बयान लिन लागिएको हो ।
अहिलेसम्मा युवती अस्मिता कार्की बयान सकिएको बताइएको छ। अब रवि लामिछाने र युवराज कँडेलको बयान लिइरहेको बताइएको छ। बयान सकिएपछि आजै वा मंगलबार मात्रै म्याद थप्ने नथप्नेबारे निर्णय हुने बताइएको छ। अदालतले दिएको ५ दिनको म्याद आज राति १२ बजे सकिदै छ ।
प्रहरी नियन्त्रणमा रहेका रवि लामिछानेको रिहाईको माग गर्दै विरोध प्रदर्शन आजपनि जारी छ । प्रदर्शनले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो ।
तर प्रदर्शनकारीहरुले निषेधित क्षेत्र अवज्ञा गर्दै आज पनि प्रदर्शन र नाराबाजी जारी राखेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *