सुनसरी एलाभन एरोज क्लब सेमिफाइनलमा पुग्न सफल – पाथीभरा गोल्डकप

२०७६ भाद्र ३, मंगलवार ०८:४१ गते २०७६ भाद्र ३, मंगलवार ०८:४१ गते २०७६ भाद्र ३, मंगलवार ०८:४१ गते

ताप्लेजुङ : सुनसरीको एलाभन एरोज क्लब ‘पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता’ को अन्तिम चारमा पुग्ने तेस्रो टोली बनेको छ। सोमबार भएको खेलमा विदेशी टोली यूकेएफसी दार्जलिङ्लाई २-० गोलले पराजित गर्दै सुनसरी सेमिफाइनलमा पुग्न सफल भएको हो।

सुनसरीको जितमा क्यामरुनका खेलाडी यानिक ओना नायक बने। ताप्लेजुङ् सदरमुकाम फुङ्लिङस्थित भानु माविको मैदानमा भएको खेलमा दुबै गोल ओनाले गरेका थिए। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा भने सुनसरी लयमा देखियो। ओनाले दोस्रो हाफको खेल सुरु भएको ११ मिनेटको बीचमा लगातार दुई गोल गरे।

उनले ५०औं मिनेटमा पहिलो र ५६औं मिनेटमा दोस्रो गोल गरेर टोलीलाई सेमिफाइनलमा पुर्‍याए। उनले करिब २३ यार्ड टाढाबाट फ्रिकिकमार्फत पहिलो गोल गरेका थिए। अन्तिम समयमा ओना ह्याट्रिक गर्नबाट चुकेका थिए। वान भर्सेस वानको स्थितिमा उनले गरेको प्रहारलाई दोर्जलिङका गोलरक्षक विप्लव दासले बचाएका थिए।

सुनसरीले ‘ए’ डिभिजन क्लबका आधा दर्जन खेलाडी मैदान उतारेको थियो। दाउफिन्स क्यामरुनका प्रिसो, ओना र बारथेलामी, थ्रिस्टारका विष्णु सुनुवार र रुपेश केसी तथा मनाङ मस्याङ्दीका प्रवेश दनुवारले उत्कृष्ट प्रशर्दन गरेका थिए। तुलनात्मक रुपमा होचा र कम उमेर समुहका खेलाडी रहेको दार्जलिङले सुनसरीलाई पहिलो हाफमा कडा टक्कर दिए पनि दोस्रो हाफमा लय गुमाएको थियो। गत वर्ष पनि दार्जलिङ क्वार्टरफाइनलमै पराजित भएर घर फर्किएको थियो।

नेपालको राष्ट्रिय स्तरका खेलाडीसँग पराजित हुनुलाई आफुले सामान्य रुपमा लिएको दार्जलिङका प्रशिक्षक मेघराज थापाले बताए। सुनसरीका प्रिसो ताप्लेजुङको मैदानमा खेल्ने पहिलो विदेशी गोलरक्षक बने। यसअघि रेडहर्स क्लव इलाम र डाँगीहाट क्लव मोरङ सेमीफाइनल प्रवेश गरिसकेका छन्। मंगलवार हुने अन्तिम क्वार्टरफाइनल खेलमा साविक विजेता रेडस्टार क्लव झापा र गोर्खा स्पोर्टिङ क्लव दमक भिड्नेछन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *