रवि लामिछानेले फेरी पनि आफु प्रहरी हिरा सतभित्र सुरक्षित महशुष नगरेको बताएका छन् । प्रहरी हिर सातमा भेट्न पुगेका टेकनाराण भण्डारीले उनीसंग अडियो कुराकानी गरेका छन् । त्यो अडियोमा रविले आफु प्रहरी अनुसन्धानप्रति विश्वस्त हुन नसकेको बताएका छन् । रविले भण्डारीसंग भनेका छन् जसले पुडाशैनीको भिडियो मिडियामा दियो उही प्रहरी प्रमुख यो घट नाको अनुसन्धान अधिकृत भएका कारण विश्वास गर्न सकिने आधार छैन । त्यसैले मैले असुरक्षित महशुष गरिरहेको छु ।उनले यसअघि पनि आफ्नो पत्नीको सामाजिक सञ्जाल फेसवुक प्रयोग गरेर यहि कुरा भनेका थिए । अघिल्लो पाँच दिनको हिरा सतमा बस्दा आफुलाई त्यस्तो केही महशुष नभएको भएपनि फेरी अदालतवाट पाँच दिनको म्याद थप गरिएपछि भने शंका लाग्न थालेको सामाजिक सञ्जाल मार्फत बताएका थिए ।
नेपाली आधुनिक कलाको इतिहास अनुसन्धानमा जोड: नेपालमा आधुनिक चित्रकलाको शुरुआत कहिलेदेखि भएको भन्नेमा अझै अन्योल र विवाद देखिएको छ । युरोप भ्रमण गरेका भाजुमान– दीर्घमान चित्रकार, बेलायतका ब्रियन हडसनद्वारा दीक्षित राजमान चित्रकार, कोलकातामा अध्ययन गरेका चन्द्रमानसिंह मास्के र तेजबहादुर चित्रकार तथा युरोपमा कला शिक्षा लिएका लैनसिंह बाङ्देल कसलाई आधुनिक कला भित्र्याउने श्रेय दिने भन्नेमा विभिन्न कलाकारले विभिन्न मत प्रकट गर्नुभयो । ललितकला पत्रकार समाज नेपालबाट आज यहाँ आयोजित ‘कलाका कुरा’ कार्यक्रममा आधुनिक कलाकार समाज(सोमा)का अध्यक्ष शङ्करराजसिंह सुवाल, उपाध्यक्ष गोविन्दलालसिंह डङ्गोल, महासचिव जीवन राजोपाध्याय, सदस्य शङ्करनाथ रिमाल, नरेशसुन्दर संैजु र रत्नकाजी शाक्यले यसबारेमा अझै अध्ययनअनुसन्धान गरी निष्कर्ष निकाल्नुपर्ने बताउनुभयो सोमाको आयोजनामा बिहीबारदेखि आगामी सोमबारसम्म नेपाल कला परिषद्, बबरमहलमा बाङ्देलका १६ शिष्यशिष्याको चित्रकला प्रदर्शनी ‘कलापुञ्ज पाँचाँै’ चलिरहेको छ । वैदिककालदेखि नै देवदेवीलाई तन्त्रमन्त्रमा ढाल्दा अमूर्त बनाइएको उल्लेख गर्दै समसामयिक कला र आधुनिक कलाबारे स्पष्ट परिभाषा वा फरकपन नपाइएको विचार राख्नुभयो । सोमाका अध्यक्ष सुवाल र महासचिव राजोपाध्यायले सोमाको दायरा फराकिलो बनाउने योजना रहेको जानकारी दिनुभयो ।सोफाजका अध्यक्ष केशवराज खनाल, महासचिव देवेन्द्र थुम्केली र सल्लाहकार श्याम रिमालले सोफाजले कलासम्बन्धी अवधारणाहरुबारे निरन्तर बहस चलाइरहने बताउँदै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा), कला परिषद्, सोमाजस्ता संस्थाले पनि कला शिक्षा र कलासम्बन्धी बहसलाई अभियानका रुपमा लैजान सुझाव दिनुभयो । सिंहको सम्झना
नेपाली ललितकला लेखनलाई व्यवस्थित बनाउने श्रेय पाउनुभएका समीक्षक, साहित्यकार तथा पत्रकार नारायणबहादुर सिंहको सम्झना गरिएको छ । सोफाजले आयोजना गरेको कार्यक्रममा कलाकार लक्ष्मण भुजेलले नेपाली कला समीक्षा, इतिहास, पत्रकारिता तथा साहित्यका क्षेत्रमा सिंहले उल्लेख्य काम गरेको बताउनुभयो ।
भुजेलले भन्नुभयो, ‘नेपाली ललितकला क्षेत्रलाई सञ्चारमाध्यममार्फत आमजनमानससम्म पु¥याउन सिंहले महत्वपूर्ण भूमिका खेल्नुभयो, परिणामस्वरुप नेपाली पत्रकारितामा ललितकला क्षेत्रले महत्वपूर्ण स्थान पाउन सफल भयो । साथै आम पाठकले कलाका विविध विषयमा जानकारी पाउन सके ।’ उहाँले सिंहका अप्रकाशित र प्रकाशित लेखरचनालाई पुस्तकका रुपमा प्रकाशन गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा नाफाका प्राज्ञ रमेश खनालले नेपाली कला जगतलाई चिनाउन सिंहले खेलेको भूमिका निकै प्रभावकारी रहेको बताउँदै उहाँका पुस्तकको पुनप्र्रकाशन तथा लेखरचना सङ्कलन गरी प्रकाशनमा ल्याउनुपर्ने सुझाव दिनुभयो ।कलाकार तथा कला समीक्षक मुकेश मल्लले सिंहले देखाएको समीक्षाको बाटामा लाग्न पछिल्लो पुस्तालाई आग्रह गर्दै लेखनविना कला क्षेत्रले गति समात्न नसक्ने जिकिर गर्नुेभयो । उहाँले भन्नुभयो, “सिंह कलाप्रति निकै अनुराग राख्नुहुन्थ्यो । उहाँको कलाप्रतिको बुझाइ निकै गहन र प्रभावकारी थियो ।”कला लेखक तथा कलाकार तीर्थ निरौलाले कला समीक्षालाई चुनौतीका रुपमा ग्रहण गर्न आग्रह गर्नुभयो ।नाफाका प्राज्ञ सुषमा राजभण्डारीले पछिल्लो समय सिंहलाई भुल्दै गएकामा चिन्ता व्यक्त गर्दै कला समीक्षाले सही बाटो समात्न सक्यो भने नेपाली कलाले गति पाउने विश्वास व्यक्त गर्नुभयो । सोफाजका अध्यक्ष खनालले सिंहले कला पत्रकारितालाई व्यवस्थित ढंगले अगाडि बढाएको तथा ललितकलालाई जनमानससम्म पु¥याउन निकै मिहिनेत गरेको बताउनुभयो ।सोफाजले चार वर्षदेखि सिंहको स्मृतिमा हरेक वर्ष दुई ललितकला पत्रकारलाई पुरस्कृत गर्दै आएको जानकारी उहाँले दिनुभयो ।
Views: 0