वि.सं. २०७६ भदौ ७। शनिबार । इ.स. २०१९ अगस्ट २४ ।
- मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ):चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट विशेष लाभ उठाउने अवसर प्राप्त हुनेछ ।
- वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ):
भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । - मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ):प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । यात्रामा विशेष लाभ होला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिनेछ ।
- कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ):टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । कामको तारिफ हुनाले उत्साह बढ्नेछ ।
- सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ):केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । सोचेको काम पनि नबन्न सक्छ ।
- कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ):आयआर्जनका स्रोत बढ्नेछन्, व्यापारमा पनि बढी नै फाइदा हुने समय छ ।
- तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ):लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ ।
- वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ):भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् ।
- धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ):आर्जित धन खर्च हुन सक्छ । तर आफ्नै प्रयासले लाभ मिल्न सक्छ । प्रतिस्पर्धीलाई हराउन सकिनेछ ।
- मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ):आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।
- कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ):आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला ।
- मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ):कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । समस्या थपिन सक्छन् । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ ।
आपतकालीन अवस्थामा तपाईं यसरी जगाउन सक्नुहुन्छ काम गर्न छाडेको मुटु हृदयघात (हार्ट अट्याक) भएर मानिसको मृत्यु भएको धेरै सुनिन्छ। तर कार्डियक अरेस्ट (मुटु फेल) भएर धेरैको मृत्यु भइरहेको हुन्छ।हार्ट अट्याक र कार्डियक अरेस्टमा धेरै भिन्नता छ। हार्ट अट्याक हुँदा रक्तनलीमा रगत वा नराम्रो कोलेस्ट्रोलको कारणले प्लेक जम्न गई रक्तसंचार अवरुद्ध हुन्छ। फलस्वरूप मुटुको मांसपेसीमा अक्सिजन जान बन्द हुन्छ र मांसपेसी विस्तारै मर्न थाल्छ।तर, कार्डियक अरेस्टमा भने अचानक मुटुको विद्युत् सञ्चार अनियमित हुन्छ र धड्कन एकदमै बढ्छ। जसले गर्दा मुटु अनियन्त्रित भई अन्त्यमा मुटुले काम गर्न छोड्छ र मानिस बेहोस् हुन्छ। कार्डियक अरेस्ट हुनुका कारणमध्ये हार्ट अट्याक पनि एक हो।कार्डियाक अरेस्टमा भने प्रायः मानिस केही सेकेन्ड वा मिनेटमा नै बेहोस् हुन्छन्। यो डरलाग्दो रोगले समय, उमेर, ठाउँ केही पनि भन्दैन।
अमेरिकन हार्ट एसोसिएसनका अनुसार धेरैजस्तो कार्डियक अरेस्ट अस्पताल बाहिर हुनेगर्छ। अमेरिका जस्तो विकसित मुलुकमा पनि कार्डियक अरेस्ट भएका ९० प्रतिशत व्यक्ति समयमा सीपीआर नपाएकै कारण ज्यान गुमाउने गर्छन् । नेपालमा यसको संख्या अझ बढी हुनसक्छ । स्वस्थ मानिसलाई पनि अचानक कार्डियक अरेस्ट हुनसक्छ।कार्डियक अरेस्टपश्चात् हरेक मिनेट बित्दै जाँदा बिरामीको बच्ने सम्भावना १० प्रतिशतले घट्दै जान्छ। १० मिनेटमा प्रायः बिरामीले ज्यान गुमाउँछन् वा बच्ने सम्भावना न्यून हुन्छ। त्यसैले यस्तो जोखिम अवस्थामा एम्बुलेन्स आएर बचाउनेभन्दा पनि तपाईँ–हाम्रै सानो प्रयासले बिरामीलाई बचाउन सकिन्छ । यस्तो लक्षण देख्नासाथ संयम भएर सीपीआर दिन सक्यौं भने नै त्यो ठूलो उपलब्धि हुन्छ।सीपीआर दिँदा हातले छातीमाथि सकेको बल लगाएर थिच्नुपर्छ। मुटुले गर्ने काम तपाइँ–हाम्रो हातले गर्नुपर्छ। त्यो थिचाइबाट नै मुटु र मस्तिष्कले अक्सिजन भएको रक्तसञ्चार पाउँछ र बिरामीको ज्यान जोगिन्छ ।
तपाईले घर, स्कुल, सडक, पसल वा जुनसुकै ठाउँमा हेर्दाहेर्दै कोही पनि व्यक्ति ढलेको देख्नुभयो भने सर्वप्रथम उसले श्वास फेरेको वा नफेरेको हेर्नुहोस्। त्यसको लागि छाती तलमाथि छ कि छैन, नाक–मुखबाट हावा निस्केको छ, छैन हेर्नुहोस्। साथै नजिकै गएर सुन्नुहोस्, तपाइँले त्यहाँ जीवनको कुनै संकेत देख्नुभएन भने १० सेकेन्डभित्र नै बिरामीलाई सुरक्षित ठाउँमा राखेर सीपीआर दिन सुरु गर्नुहोस् र तुरुन्त एम्बुलेन्स पठाइदिनको लागि अनुरोध गर्नुहोस्।श्वासप्रश्वास दिँदा तरिका मिलाउन सकिएन भने समय मात्र बर्बाद हुन्छ र बिरामीलाई बचाउने प्रतिशत घट्छ। त्यसैले यस्तो आपतकालीन स्थितिमा हातले मात्र दिने सीपीआर बढी महत्वपूर्ण हुन्छ। यस्ता बिरामीलाई सीपीआरपश्चात् अस्पतालमा कार्डियोभर्टर–डिफिब्रिलेटरको आवश्यकता पर्नसक्छ ।थ्रोम्बोलाइटिक औषधि, कोरोनरी आटरी बाइपास सर्जरी, एनजिओप्लास्टी र स्टेन्ट राखेर रगतका धमनीहरु खुलाइन्छ र बिरामीलाई तन्दुरुस्त बनाइन्छ। समयमा सीपीआर दिएमा बिरामीको ज्यान जोगिने सम्भावना ५० देखि ७५ प्रतिशतसम्म बढी हुन्छ ।
Views: 0