कलिउड – बिगत लामो समयदेखी युवा निर्देशक सम्राट बस्नेत द्वन्द क्षेत्रमा सकृय रहेर हाल पहिलो पटक चलचित्र निर्देशन गरेका छन चलचित्रको नाम हो “पासवर्ड”। नेपाली कथानाक चलचित्र “पासवर्ड” मार्फत नेपाल चलचित्र क्षेत्रमा युव निर्देशकको रुपमा उदाएको छ निर्देशक बस्नेतको चलचित्र “पासवर्ड”मा बलिवुड अभिनेत्री सन्नी लियोनीलाई पहिलो पटक नेपाली चलचित्र “पासवर्ड” मार्फत ठुलो पर्दामा देखिन सकिन्छ। यस्तै उक्त चलचित्र “पासवर्ड”मा कलाकारहरुमा अनुप बिक्रम शाही, बिक्रम जोशी, बुद्दी तमाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रबिन्द्र झा, प्रबिण खतिवडा, लिशा सुनार, परी राना लगायतका कलाकारहरुको दम्दार अभिनय हेर्न सक्नुहुनेछ भने बिक्रम जोशी, हिलर जोशी र अमित बस्नेतको संयुक्त लगानीमा निर्माण गरिएको हो। “पासवर्ड” चलचित्रलाई बेलायत र नेपालमा छायान्कन गरिएको निर्देशक बस्नेत बताउनु हुन्छ।
निर्देशक बस्नेत बताउनुहुन्छ चलचित्र “पासवर्ड” को बिशेष प्रदर्शनीमा बलिवुड अभिनेत्री सन्नी लियोनी पनि नेपाल आउनुहुने जानकारी गरएको छन। बलिवुड अभिनेत्री सन्नी लियोनीले पनि एक भिडियो मार्फत आफु चलचित्र “पासवर्ड” हेर्नलाई नेपाल आउने बाचा समेत गरेकी छिन्। युवा निर्देशक बस्नेतको निर्देशन् छेत्रमा भबिस्य कस्तो रहनेछ त्यो भने चलचित्र प्रदर्शनी पछि मुल्याङ्कन गर्न सकिने छ। हाल निर्देशक सम्राट बस्नेत भने नयाँ चलचित्रको तयारी पनि भईरहेको बताएका छन नेपाली चलचित्र क्षेत्रमा नयाँ नयाँ जोश नयाँ नयाँ तरिकाले नयाँ नयाँ चलचित्र पस्कने अठोट रहेको निर्देशक बस्नेत भन्नुहुन्छ। आशा छ चलचित्र “पासवर्ड” दर्शकले रुचाइदिनुहुन्छ। चलचित्र “पासवर्ड”का सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा अग्रिम शुभकामना – प्रदेश अन्लाइन खबर
Views: 0