वि.सं. २०७६ भदौ ८। आइतबार। इ.स. २०१९ अगस्ट २५। ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। दशमी, २५:५९ उप्रान्त एकादशी।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )–
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )–
प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )–
पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )–
प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )–
परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )–
परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन् ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )–
काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )–
अर्थअभाव खट्किए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )–
मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )–
ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )–
प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )–
छर छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ ।
Views: 0