लिभरपुलले बलियो प्रतिद्वन्द्वी आर्सनलमाथि ३-१ को जित हासिल ।

२०७६ भाद्र ८, आईतवार ११:०७ गते २०७६ भाद्र ८, आईतवार ११:०७ गते २०७६ भाद्र ८, आईतवार ११:०७ गते

लिभरपुल : इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा लिभरपुलले आर्सनलमाथि सहज जित हात पारेको छ। घरेलु मैदानमा लिभरपुलले बलियो प्रतिद्वन्द्वी आर्सनलमाथि ३-१ को जित निकालेको हो।

लिभरपुलले खेलको ४१औं मिनेटमा जोएल मटिपको गोलबाट अग्रता लिएको थियो। सलाहले ४९ र ५८औं मिनेटमा गोल गरी टोलीलाई ३-० को अग्रता दिलाए। अन्तिमसम्म ३-० ले पछि परेको आर्सनलका लागि लुकास तोरेइराले ८५औं मिनेटमा सान्त्वना गोल फर्काए।

जितसँगै ३ खेलमा शतप्रतिशत नतिजा निकालेको लिभरपुल अंक तालिकाको शीर्ष स्थान छ। समान ३ खेल खेलेको आर्सनल दोस्रो स्थानमा रहेको छ। लिभरपुलले अब शनिबार २ खेल खेलेको बर्नले क्लबसँग उसकै मैदानमा खेल्नेछ। स्रोत: अन्नपूर्ण

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *