भर्खरै आयो दु:खद खबर पुडासैनीको पक्षबाट वकालत गरिरहेका नेपाल भन्छन् म्याद अझैं थप हुन्छ आज रवि रिहा हुँदैनन्

२०७६ भाद्र ८, आईतवार १२:२६ गते २०७६ भाद्र ८, आईतवार १२:२६ गते २०७६ भाद्र ८, आईतवार १२:२६ गते

काठमाडौं । अहिले चर्चामा रहेको शालिकराम पुडासैनी प्रकरण थप नयाँ मोडमा पुग्दैछ । पुडासैनीको पक्षबाट वकालत गर्ने वकिल पत्रकारिता र लेखनबाट खारिएका कानुन व्यवसायी स्वागत नेपाल हुनुहुन्छ । कुनैपनि घटना विशेषको चिरफार गर्ने दख्खल उहाँमा देखिन्छ । गहिरो अध्ययन गर्ने उहाँले शालिग्राम प्रकरणपछि रवि लामिछानेको पक्राउ र यससँग जोडिएको तथ्य र कानुनी तर्कहरु पेश गर्दै ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसलाई सनसनीपूर्ण अन्तवार्ता दिनुभएको छ ।अहिले धेरै व्यक्तिहरुमा भोलि रवि लामिछाने रिहा हुने भ्रम भएको भन्दै त्यसमा नपर्न भन्नु भएको छ । उहाँले भन्नुभयो, ‘शालीग्राम पुडासैनीको जीवनत्याग प्रकरणलाई हेर्दा अनुसन्धानको क्रममा म्याद थप गरेर राखिएको अवस्था छ । यसअघिको ५ दिने म्याद पनि आज साँझ सकिँदैछ । भोलि फेरि थप अनुसन्धानका लागि सरकारी वकीलहरुको तर्पबाट म्याद थपिँदै छ ।’

अभियोग पत्र तयार नहुँदासम्म सरकारी वकीलतर्पबाट म्याद माग्ने उहाँको दावा छ । अभियोग पत्र तयार हुनु भनेको सम्पूर्ण अनुसन्धान, जाहेरी प्रतिवेदन तयार भइसकेर मेनी थेसिस हुनु हो । त्यसकारण सरकारी वकिलको तर्फबाट अभियोगपत्र तयार भइसकेको हुँदा भोलि फेरि म्याद थप हुनसक्छ । भोलि आइतबारबाट फेरि म्याद थप हुने उहाँले जिकिर गर्नुभयो ।लामिछानेको अभियोगपत्र तयार भइ नसकेको भन्दा नेपालले यस्तो उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘यदि रविजीलाई भोलि म्याद थपिएन भने नेपालको इतिहासमा जीवनत्यागको ज्यानसम्बन्धी अभियोग लागेको व्यक्तिलाई लामो समयसम्म हिरातमा राखेर अनुसन्धान गरेको पहिलो घटना हुने छ ।’ यता रवि लगायत उनका शुभ चिन्तकहरुले भोलि रवि रिहा हुने बताउँदै आएका छन् ।source:janaboli.com

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *