चितवन – टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको रिहाइको माग गर्दै चितवनमा विगत केही दिनदेखि चर्काे आन्दोलन भइरहँदा भोलि बन्द आह्वान गरिएको छ ।कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भोलि भदौ ९ गते चितवन जिल्ला बन्दको घोषणा गरेको छ ।विप्लव समूहका चितवन जिल्ला इन्चार्ज शार्दुल र सचिव ध्रुवद्वारा शुक्रबार जारी विज्ञप्तिमा पूर्वी चितवनस्थित राप्ति नगरपालिका–११ आहोलेवाङ्मा आफ्नो पार्टीले बनाएको प्रतीक्षालय प्रहरीले भत्काएको विरोधमा जिल्ला बन्द आह्वान गरिएको छ ।प्रतिक्षालय भत्काउने कार्यले वर्तमान ओली सरकार आफू पनि विकास नगर्ने र अरुलाई पनि विकास गर्न नदिने नीतिमा रहेको आरोप लगाइएको छ ।
‘जनतालाई आतंकित बनाउँदै निर्माण भइरहेको प्रतिक्षालय भत्काउने र आगजनी गर्ने कार्य आफू पनि विकास नगर्ने र अरुलाई पनि विकास गर्न नदिने दम्भ हो,’ विज्ञप्तिमा उल्लेख छ । घटनाको विरोधमा विप्लव समूहले राप्ति नगरपालिका–११ को कार्यालयमा आगजनी गरेको थियो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाईंले आगजनीबाट वडा कार्यालय पूर्ण रूपमा नष्ट भएको बताए । ओली सरकार विप्लवप्रति आक्रामक भएपछि विप्लवले पनि आगजनी र बन्दका कार्यक्रम गर्दै आएको छ ।चितवन केन्द्रित भएर देशभर चर्चाको विषय बनेको सालिकराम पुडासैनी आत्महत्या प्रकरण र रवि लामिछाने पक्राउ परेको विषय समेत अझै टुंगिएको छैन । प्रहरीले अदालतमा मुद्दा पेश गरेकाले रवि लामिछानेको विषयबारे समेत सम्भवतः भोलि नै केही निर्णय आउन सक्ने सम्भावना रहेको छ ।source media dabali
Views: 0