रविसहितका तीन जनामाथि कारवाही हुन्छ र अबश्य हुनुपर्छः डीआईजी अधिकारी

२०७६ भाद्र ९, सोमबार ११:५५ गते २०७६ भाद्र ९, सोमबार ११:५५ गते २०७६ भाद्र ९, सोमबार ११:५५ गते

काठमाडौं– प्रहरी नायव महानिरीक्षक ‘डीआईजी’ पिताम्बर अधिकारीले नेपाल प्रहरीले कमजोर रुपमा मुद्दा लिएर अदालत नजाने दाबी गरेका छन् । एक अन्तर्वार्ताका क्रममा डीआईजी अधिकारीले प्रहरीले अनुस*न्धान गरेर अदालती प्रकृयामा लगेका धेरै के*समा सफल भएको बताए ।शालिकराम पुडासैनी प्र*करणमा ‘आ*त्मह*त्या दुरु*त्साहन’ को राय दिएको र त्यो केस कमजोर बनेको हो भन्ने पत्रकार ऋषि धमलाको प्रश्नमा डीआईजी अधिकारीले भने,‘मलाई त्यस्तो लाग्दैन ।’प्रकृयामा गयो, भरखर अदालतको ढोकामा पुगेको छ । अदालतले आफ्नो निर्णय गरेको छ । अनुसन्धान गरेर प्रमाण संकलन गर्ने काम प्रहरीको काम हो । यो प्रमाणले गर्दा यो अपराध सावितसहित दावी गर्दै अदालत जान्छ पत्रकार धमला र डीआईजी अधिकारीबीचको कुराकानीको अंश : 

प्रहरीले शलिकराम प्रकरणमा रवि लामिछाने लगायतले आत्महत्या दुरुत्साहन गरेको केस सरकारी वकिललाई बुझायो र मुद्दा दर्ता गरेको छ तर आम मानिसले दुरुत्साहनलाई विश्वास गरेका छैनन् नि ? प्रहरीले व्यवसायीक अनुसन्धान गरेको छ । तथ्यका बारेमा म जान चाहन्न यो विषय अदालतमा छ । आ*त्मह*त्या दूरु*त्साहनको अनुसन्धान प्रहरीले पूरा गरेको छ ।कसरी दुरुत्सा*हन भयो त ?त्यसको मिसिलमा भएको कुराहरुको बारेमा म जान चाहन्न । यो सम्मानित अदालतको विषय हो । यसबारेमा जान मिल्दैन । त्यसमा छलफल गर्ने आफ्नै किसिमको इथिक्स छ । जसरी सामाजिक सञ्जालमा र युट्युवहरुमा आएको छ यो गैर*जि*म्मेवजार र अरा*जक रुपमा आएको छ ।आ*त्मह*त्या प्रक*रणमा दुरु*त्साहन भनेर तपाईहरुले मुद्दा चलाइरहनु भएको छ, यसले समाजमा विकृ*ति ल्याउने हो कि ?: यो व्यवस्था हामीकहाँ पहिलो थिएन । अपा*रध संहिता लागू भएपछि यो कार्यान्वयनमा आयो । यो लामो छलफल पछि आएको हो । यो अरु देशमा पनि छ । कानून देशमा शान्ति सुरक्षा होस् भन्नका लागि आएको हो ।तर कतिपय विज्ञले ऐन कानून कार्यान्वयनमा चुनौती छ भन्नु भएको छ ?

आत्म*ह*त्या गर्ने अवस्थासम्म कसैले पुर्याउँछ । कसैले दुरुत्साहित गराउँछ भने ५ वर्ष कैद र ५० हजारसम्म जरिवानाको व्यवस्था छ । अब कानूनले यो पनि कसुर हो भने पछि त्यो कसुर भएको छ कि छैन भएको छ भने त्यसलाई प्रमाणित गर्ने प्रमाणहरु छन् कि छैनन् प्रहरीले हेर्ने त्यही हो ।अ*पराध संहिता पर्याप्त छ ?कानून पर्याप्त छ । कानून रिजिट विषय होइन । दुरुत्साहनका जम्मा ६२ मुद्दा दर्ता भएका छन् । यो ठिक भयो कि भएन भन्नका लागि पहिला वहस पैरवी हुनपरो, अदालतको फैसलाहरु हेर्नु पर्यो ।भिडियोकै आधारमा कसैलाई पोल्न वा फसाउन मिल्छ त उसो भए ? कसैले भिडियो रेकर्ड गर्यो भने, त्यो प्रमाणको गहनता कति छ कतिको भ्यालिडिटी छ । गहनता र सार के हो भन्ने मुल्यांकन हुन्छ । त्यो प्रमाण हल्का भए त्यो प्रमाणसँग सम्बद्ध अन्य प्रमाण के हो त भन्ने खोजी हुन्छ ।

दुरुत्साहन मुद्दा अनुसार रविजीहरु रिहा हुनुहुन्छ कि पुर्पक्षमा जानुहुन्छ ?म सम्मानीत अदालतको सम्मान गर्छु । यो विषयमा अदालतले आफ्नो निर्णय दिन्छ । प्रहरीले भन्दैन । उहाँ छुट्नुहोला वा जेलमा जानुहोला भन्ने अदालतले भन्छ । प्रकृयामा गयो, भरखर अदालतको ढोकामा पुगेको छ । अदालतले आफ्नो निर्णय गरेको छ । अनुस*न्धान गरेर प्रमाण संकलन गर्ने काम प्रहरीको काम हो । यो प्रमाणले गर्दा यो अप*राध सावितसहित दावी गर्दै अदालत जान्छयो प्रक*रणमा तपाईहरु चुक्नु भयो नि ! मुद्दा फितलो छ भन्ने आएको छ.. मलाई त्यस्तो लाग्दैन । यो फितलो छ कि राम्रो छ कि के छ भन्नेमा म जान चाहन्न ।सफाइको सम्भावना कति छ ? यो मेरो जानकारीमा छैन । प्रहरीले अनु*सन्धान गर्ने हो, दाबी गर्ने हो । कहिलेकाही दाबी पूरा हुन्छ कहिले हुँदैन । हामीले अभि*योग लगाएपछि यो सिद्ध हुनुपर्छ भन्ने हाम्रो मान्यता हुन्छ । हामीले १०० मा करीब ७२ भन्दा बढी सफल छौं अदालती प्रकृयामा । रविजीहरुले शालिकरामको आ*त्मह*त्यामा दु*रुत्साहन कसरी गर्नुभयो त ? आ*त्मह*त्या हो कि ह*त्या हो हामीले हेर्ने त्यही हो । आ*त्मह*त्याको अवस्थामा कसैले पुर्याएको हो भने त्यो दुरुत्साहन हो ।

भीडियोका आधारमा कसरी दुरुत्सा*हन भन्नु हुन्छ ? भीडियो लगायतका अरु प्रमाणको पनि जोडिएको हुन्छ । प्रहरीले सबै विषयसँग बुझ्छ । परिस्थितिजन्य प्रमाणको खोजी प्रहरीले गरेको हुन्छ । प्रहरीको अनुसन्धान त्यति कमजोर हुँदैन ।भनेपछि सजाय हुन्छ ?हुन्छ र हुनुपर्छ भन्ने प्रहरीको दाबी हो ।मानिसहरुले त शालिकरामले त्यतिकै रविको नाम लिएको भन्छन् नि त ? सामाजिक सञ्जालमा कसकसले के के भन्छ सबै चर्चाको जवाफ दिन सकिँदैन र त्यसको जवाफ पनि हुँदैन । कुरा के हो भने अपराध भनेको सामाजिक समस्या हो ।जनप्रदर्शन भइरहेको छ सडकमा त्यसलाई प्रहरीले अस्वीकार गर्न मिल्छ ? यो स्वीकार र अस्वीकारको कुरा होइन । कानूनको सर्वोच्चताको तर्फबाट चल्ने कि भीडले ? कि सामाजिक सञ्जाल र युट्युवबाट चल्ने ? त्यसैले हामी कानून विधीले जे भन्छ त्यसबाट हामी अघि बढ्छौं । भीड सूचनाको स्रोत हाम्रोलागि बन्ला । ओहो भीड ठूलो रहेछ भनेर छोड्न मिल्दैन र पाउँदैन ।रविमाथि पूर्वाग्रही भएर मुद्दा चलाउनु भएको हो ?यो स्वीकार गर्दिन । प्रहरीले विना प्रमाण समात्दैन । कसैको दबाबमा पक्राउ गर्नु भएको आरोप लागेको छ त होला सडकमा कसैले भन्यो होला । यत्रो भीडाका ककसले के के भन्यो होला ।रवि जीले म सुरक्षित छैन हिरासतमा भन्नु भएको छ नि के साचो हो ?गलत, त्यति धेरै सुरक्षा व्यवस्था भएको स्थानमा केही खत*रा हुन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *