यस्तो थियो रविको बयान : पुडासैनीलाई आ*त्म ह*त्या गर्ने सम्मको दुख दिएको छैन, यस्तो सम्म भने

२०७६ भाद्र ९, सोमबार १९:४६ गते २०७६ भाद्र ९, सोमबार १९:४६ गते २०७६ भाद्र ९, सोमबार १९:४६ गते

चितवन, टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले शा*लिकराम पु*डासैनी र अस्मिता भनिने रुकु कार्कीबीचको सम्बन्ध आफूले केही दिन पहिला मात्र थाहा पाएको प्रहरीलाई वयान दिएका छन् ।प्रहरीसँगको बयानमा सञ्चारकर्मी लामिछानेले घटना हुनुभन्दा दुई तिन दिन अघिमात्र न्यूज २४ का एक जना क्यामरा पर्सनको माध्यमबाट आफूले शालिकरामको प्रेमिका भएको र उनले शालिकरामबाट धेरै पी*डा व्यहोरेको बताएका छन् । यस्तो छ रविले प्रहरीलाई दिएको वयान–

कार्यक्रम निर्माता दिपक बोहोराको सिफारिसमा शालिकरामलाई न्युज २४ को रिपोर्टरको रुपमा काममा राखेका थियौं। निजले पाउने सुविधाकोबारेमा मलाई केही थाह थिएन। निज काममा निकै मेहनत गरी खटिने राम्रो राम्रो सुचनाहरु ल्याउने गर्थे।करिब दुई महिना पहिले निजले (शालिकले) मैले माउन्टेन टिभीमा एक लाख रुपैयाँ तलब पाउने गरी मार्केटिङको काम पाए। अब न्युज २४ छोडेँ भनेका थिए। पछि निजले उक्त टिभीमा मिसन न्युज भन्ने कार्यक्रम चलाउँछन् भन्ने थाह पाउँदा निजले किन ढाँटे होला भन्ने लागेको थियो। घटनाको दुईरतीन दिन पहिले हाम्रो क्यामेरामेन अनिल ढुंगेलले हामी सबै कर्मचारीहरु सँगै भएको बेला निज शालिकराम पुडासैनीको प्रेमिका पनि भएको र उनकी प्रेमीकाले शालिकरामबाट केही समस्या भोगिरहेको भनेको सुनेको थिएँ । मिति २०७६ साउन २० गते मेरो कार्यक्रम नभएकाले चाँडै सुतेँ। भोलिपल्ट बहान ब्युझिई मोबाइल हेर्दा निज शालिकरामको मत्यु सम्बन्धमा म्यासेजहरु २० गते राति नै आइसकेका रहेछन् ।निजले म*र्नुअघि बनाएका २ वटा भिडियोहरु हेर्दा निजले आफूलाई रवि लामिछाने समेतले म*र्नलाई बाध्य बनाएकोले आ*त्मह*त्या गरेको भनेका रहेछन् ।सो कुरा निजले के-कति कारणले भने मलाई थाह छैन ।

तर निजले आफ्नो श्रीमती हुँदाहुँदै प्रतिवादी अस्मितालाई झुटो बोली निजसँग प्रेम गरेको र पछि निजको प्रेमिका अस्मिताले सबै कुरा थाह पाई निजबाट टाढिन खोज्दा निजले अमिस्तालाई अनेक दुः*ख दिने, बाटो छे*क्ने, म*रिदिन्छु भनी ड*र देखाउने जस्ता कार्यहरु गर्ने गरेकाले निज अस्मिताले मैले चलाउने सिधा कुरा जनतासँग भन्ने कार्यक्रममा गई रवि लामिछाने समेतलाई तिम्रोबारेमा भनी सार्वजनिक गरिदिने भनेको कारणले सोही कुरालाई निजले साँचो ठानी म समेतसँग चित्त दुःखाई भिडियोमा मेरो समेत नाम लिई आ*त्मह*त्या गरेको हुनुपर्छ।अब सबै नेपालीको यतिबेला ध्यान चितवन तर्फ मोडिएको छ | यस्तो माहोल सिर्जना भएको छ | अहिले त्यहाँको माहोल फेरी पनि तना*वग्रस्त हुनसक्ने आंकलन गरिएको छ किनभने त्यहाँ भैरहेको प्रद*र्शका बिच दुइ चार जनाको घुसपैठ भएको भन्ने खबर हामीले पाइरहेका छौं | आन्दोलनलाई उत्ते*जित पारेर रबि समर्थक आन्दोलनलाई खतम पार्ने हेतुका साथ उक्त घु*सपैठ भएको भन्ने जानकारी प्राप्त भएको छ | सबै आन्दो*लनकारी समेत हुनुपर्ने यतिबेलाको माहोलले बताएको देखिन्छ |

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *