लुम्बिनिमा रहेको बौद्द बिश्वबिद्धालय को अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७६ भाद्र ९, सोमबार २०:०८ गते २०७६ भाद्र ९, सोमबार २०:०८ गते २०७६ भाद्र ९, सोमबार २०:०८ गते

सुबास बेल्बासे भदौ ९

रुपन्देहि लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रिय क्याम्पस प्रमुख फनिन्द्र कुमार न्यौपानेले यश विश्वविद्यालयमा विगतका बर्षहरुमा बिटीटीएम(ब्याचलर इन टुरिजम एण्ड ट्राभल्स म्यानेजमेन्ट) र बुद्विजम अध्यापन हुदै आएता पनि यस बर्षबाट बिए संकाय तर्फ मेजर अग्रेजी,नेपाली,रिउलर डिभलेपमेन्ट र एलएलबी विषयहरु पनि अध्यापन हुने बताउनु भएको थियो। कार्यक्रममा क्याम्पस उपप्रमुख नीर बहादुर गुरुङ र उप प्राध्यापक डा.सारधा पौडेलले विश्वविद्यालयमा अध्यापन गराइने विषयहरु र यसका स्कोपहरुको बारेमा प्रकाश पार्दै लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बिन्दु बनिरहेको हुँदा विश्वविद्यालयमा अध्यापन गराईने बिटिटीएम कोर्षले यस क्षेत्रको पर्यटन प्रवर्द्धन र विकासको निम्ति आवश्यक जनशक्तिहरु स्थानीय स्तरमानै उत्पादन हुने र बौद्ध शिक्षा,दर्शन र मार्गलाई अन्तर्राष्ट्रिय स्तर सम्म पुर्याउन सहयोग पुग्ने बताउनु भएको थियो।कार्यक्रममा सामाजिक अभियन्नता शिव प्यासीले +2 उतिर्ण सम्पुर्ण विद्यार्थीहरुलाई शुभकामना दिदै विद्यार्थीहरुले आफ्नै नजिकमा रहेको विश्वविद्यालयमा अध्यन गरि उच्च शिक्षा हासिल गरि लुम्बिनीको पर्यटन विकासमा टेवा पुर्याउनु पर्ने बताउनु भएको थियो। आफ्नो भनाइ राख्ने क्रममा लुम्बिनी विश्वविद्यालयका विद्यार्थी तथा लुम्बिनी विकास मञ्चका अध्यक्ष समेत रहेका सन्दीप गुप्ताले लुम्बिनी विश्व शान्तिको धरोहर रहेको र बर्सेनि हजारौं पर्यटकहरु लुम्बिनीमा ओर्लने हुँदा लुम्बिनीको पर्यटन प्रबर्द्धन र विकासमा विश्वविद्यालयबाट उत्पादन हुने दक्ष जनशक्तिले महत्वपूर्ण योगदान पुर्याउन सक्ने र यसबाट प्रशस्त रोजगारका अवसरहरु सिर्जना हुने बताउदै +२ उतिर्ण विद्यार्थीहरुलाई विश्वविद्यालयमा भर्ना हुने सुवर्ण अवसर नगुमाउन आग्रह गर्नुभएको थियो।कार्यक्रममा अन्य विधार्थीहरुले पनि आफ्नो धारणा राखेका थिए।अन्तरक्रिया कार्यक्रममा उपस्थित अधिकांशले एलएलबी विषय बुटवलमा अध्यापन हुने कुरामा असन्तुष्टि जनाउदै उक्त विषय लुम्बिनीमा नै आध्यापन गराइनु पर्ने कुरामा मत ऐक्यबद्धता जाहेर गरेका थिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *