बला*त्कार प्रयासपछि एक ९ वर्षीया नेपाली बालिकाको ह*त्या

२०७६ भाद्र १०, मंगलवार १८:१८ गते २०७६ भाद्र १०, मंगलवार १८:१८ गते २०७६ भाद्र १०, मंगलवार १८:१८ गते

नयाँ दिल्ली- कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटना प्रकरण एक वर्ष नाघिसक्दा पनि चर्चामै छ। प्रहरीले विभिन्न अनुसन्धान समिति बनाए पनि दोषी अझै पत्ता लाग्न सकेको छैन। सामाजिक सञ्जाल तथा मुलधारका मिडियामा निर्मला प्रकरणले निकै ‘स्पेस’ पायो।यसैबीच भारतमा बलात्कार प्रयासपछि एक ९ वर्षीया नेपाली बालिकाको हत्या भयो। तर, निर्मला प्रकृतिकै उक्त घटनाबारे खासै कसैको ध्यान तानेन। कारण मिडियामा यस घटनाले जति स्थान पाउनुपर्ने हो, त्यो पाएन।

कसरी भयो घटना? कामको खोजीमा साढे ३ वर्षअघि बाजुराको बुढीगंगा १ कुँडीबाट भारत पसेका थिए, देव चँदारा। बाजुरामा गुजारा गर्न गाह्रो भएपछि उनी एक्लै होइन पत्नी शान्ति, २ छोरा र २ छोरीसहित भारत आउन बाध्य भएका थिए। र, त्यहीँबाट सुरु भयो उनका दुःखका शृंखलाहरु।नेपालका होस्टेल जस्तै भारतमा पिजी (पेइङ गेस्ट) हरु सञ्चालित छन्। भारतीय नागरिक बसिम अहमदले ३ वटा पिजी सञ्चालन गर्दै आएका थिए। सनु भनेर चिनिने बसिम अहमद मुस्लिम हुन्। बसिमको पूर्वी दिल्लीको सक्कपुरस्थित डि ब्लक १ सय १३ ए नम्बरको घरमा ड्युटी गर्दै आएका थिए, बाजुराका देव चँदारा। ४३ वर्षका उनीसँगै पत्नी शान्ति पनि थिइन्। दुवैलाई खान र बस्नको सुविधा दिइएको थियो। छोरा लक्ष्मीनगरस्थित एक होस्टलमा मजदुरी गर्थे।

देवले होस्टेलमा सरसफाइको काम गर्थे भने शान्तिले होस्टेलमा बस्नेहरुलाई खाना पकाउँथिन्।साउन ५ गते घडीमा साढे १२ बजेर १० मिनेट गएको थियो। शान्तिले होस्टेलमा खाना पकाइरहेकी थिइन्। ९ वर्षिया सानी छोरी लक्ष्मी उनी खाना पकाइरहेको कोठामा पसिन्। पानीको बोतल लिएर एकैछिनमा फेरि आफू बास बस्ने कोठामा फर्किइन्।दिल्लीको तातो गर्मीमा काम गरिरहेका देव पनि त्यसैबेला कोठामा फर्किंदै थिए। घरको गेटबाट बाहिर निस्किँदै गरेका मालिक बसिमसँग देवको ठ्याक्कै जम्काभेट भयो।‘अर्को बिल्डिङको सफाइ भयो कि भएन?’ बाइकलाई बिस्तारै हाँकिरहेका बसिमले सोधे।‘भयो,’ बिस्तारै पाइला चालिरहेका देवले जवाफ दिए।देव जब आफ्नो कोठाभित्र पसे, ९ वर्षिया सानी छोरी लक्ष्मी भुइँमा लडिरहेकी थिइन्। उनले ठाने– छोरी निदाएकी छिन्। सुस्तरी उनले छोरीलाई भने ‘बाबु, माथी गएर चिसो पानी

छोरीले कुनै हलचल नगरेपछि उनले समातेर झकझक्याए। आत्तिदै पत्नीकहाँ पुगेर देव चिच्याए, ‘छोरीलाई के भयो, तुरुन्त कोठामा आऊ।’ होस्टेलमा बस्ने विद्यार्थीहरु पनि हत्तारिँदै उनको कोठामा पसे। सानी छोरीलाई हातमा लिँदै देव र शान्ति रुवाबासी गर्न थाले। यो घटनाले एकाएक माहोल अर्कै भइदियो।टुप्लुक्क त्यही बेला घर मालिक बसिम आइपुगे। होस्टेलमा काम सुरु गर्नुअघि मालिकसँग देवले परिचय दिँदा आफ्नो नाम दीपक भनेर बताएका थिए। बोलाउन सजिलो होस् भनेर उनले नयाँ नाम बताएका थिए। बसिमले सबै कुरा थाहा पाएझैं गरेर देवलाई भने, ‘दीपक, यार लड्की (लक्ष्मी) को सास लिनेमा थोडा तकलिफ हे। हस्पिटल ले चल्ते हेँ (बच्चीलाई सास फेर्न गाह्रो भयो। हस्पिटल लैजाऔं न)।’देवको हातबाट खोसेर छोरी लक्ष्मीलाई हस्पिटलसम्म उनै बसिमले पुर्‍याए। जाने बेला भने दुवै जना सँगै हस्पिटल गए। वालिया नर्सिङ एन्ड म्याटरनिटी होमका डाक्टरले त्यहाँ पुगेको केही बेरमा लक्ष्मीको मृत्यु भइसकेको घोषणा गरिदिए। मृत्यु त पहिल्यै भइसकेको थियो। त्यसमाथि डाक्टरले औपचारिक रुपमा घोषणा गरिसकेपछि त पत्याउन करै लाग्यो।डाक्टरको कुराले देव गहिरो चोटमा परे।मृत्युको घोषणा गर्नुअघि ‘बच्चीलाई के बिराम थियो कि?’ भनेर डाक्टरले सोधेका थिए।

‘त्यस्तो बिरामी केही थिएन। बिहानसम्म सबै ठिकठाक थियो,’ देवले जवाफ दिए। शंकाको आसय राखेर डाक्टरले सुनाए, ‘यो मर्डर केस पनि हुन सक्छ। यसमा त पुलिस केस लाग्छ।’नयाँ दिल्लीको राणा प्रतापबागस्थित उनले आश्रय लिइरहेको एकतले घरको बस्न पनि असहज लाग्ने सानो कोठामा कुराकानी गरिरहँदा देव निकै भावुक मुद्रामा थिए। त्यो दिनको घटना सम्झिँदै देवले बेलिविस्तार लगाए।आफै फस्ने डरले हो वा आफ्नो गल्ती ढाकछोप गर्ने उद्देश्यले बसिम आफैले तुरुन्त प्रहरीलाई फोन गरे। पुलिसले मृतक लक्ष्मीको पोस्टमार्टम गर्नुपर्ने बताए। समय अभावले त्यो दिन पोस्टमार्टम हुन सकेन। भोलिपल्ट प्रहरीको ठूलो जत्था एकाएक होस्टेल आएर घेर्‍यो। र, घटना भएको दिनको सिसिटिभी फुटेज माग्यो।फुटेज हेर्दै गएपछि होस्टेल सञ्चालक बसिमले नै हत्या गरेको प्रमाणित भयो। र, उनी तुरुन्त पक्राउ परे।यतिखेर ९ वर्षीया लक्ष्मीका हत्यारा बसिम थुनामा छन्। ‘बलात्कारको प्रयास गर्दा नमानेपछि आफूले हत्या गरेको’ बसिमले स्वीकारिसकेका छन्। हत्या र बलात्कारको दुवै मुद्दा लागेर थुनामा रहेका बसिमले घाँटीमा औंला अड्काएको छाप र बलात्कार गर्ने प्रयासमा गुप्तांग वरपर चोट बनाएको पोस्टमार्टम रिपोर्टले देखाएको छ।

बिचल्लीमा चँदारा वरिवार : नयाँ दिल्ली प्रहरीले लक्ष्मीका हत्यारा बसिमलाई पक्राउ गरेपछि उनका सबै पिजी (होस्टेल) मा छापा मारेर बन्द गराएको छ।रोजगारीका लागी भारत पसेका देव र उनको परिवार यतिबेला बिचल्लीमा परेको छ। न खानको टुंगो छ, न बस्नको। यतिबेला अर्कैको कोठामा उनीहरु आश्रय लिइरहेका छन्। ९ वर्षकी कलिली छोरी गुमाउनुको पीडा त एकातिर छँदैछ, अर्कोतिर रोजीरोटीको माध्यम पनि ठप्प बन्द भएको छ।‘हामीलाई जसरी हुन्छ, न्याय चाहियो,’ भोक र निद्रा हराएपछि मृतक लक्ष्मीकी आमा शान्तिले रुँदै बिलौना गरिन्, ‘एकातिर छोरी गुमायौं। गरिखाने बाटो पनि गुम्यो।’मेरुदण्डको हड्डी टुटेपछि उनी आफै पनि उपचार गराइरहेकी छिन्। उपचार गर्न, औषधि किन्नसमेत ऋण लिनुपरेको छ। बाजुरामा बस्ने छोरालाई पनि नयाँ दिल्लीमै बोलाएपछि यतिखेर ३ छोरा र सानी एक छोरीसँगै बस्दै आएका छन्। भारत सरकारबाट क्षतिपूर्ति दिलाइदिने आश्वासन पाए पनि अझै चँदारा दम्पतीले क्षतिपूर्ति पाइसकेका छैनन्।

भारत सरकारबाट क्षतिपूर्ति पाउनका लागि चँदारा दम्पतीलाई केही प्राविधिक कठिनाइ छ। भारतीय बैंकमा आफ्नै निजी खाता भएपछि मात्र त्यसैमा रकम जम्मा गरिदिने प्रचलन छ। बैंक खाता खोल्नका लागि भारतको आधार कार्ड हुनुपर्छ। आधार कार्ड पाउन उनीहरुको मापदण्ड पुग्दैन। भारतीय प्रहरीबाट रिपोर्ट बनाएपछि बैंकमा खाता खोल्न सकिने भए पनि चँदारा दम्पती आफै दौडधुप गर्न सकिरहेका छैनन्।लक्ष्मीको हत्या भएपछि भारतस्थित नेपाली संघ, संगठनहरुले न्यायका लागि नेपाली राजदूतावासलाई गुहारेका छन्। नेपालीहरुकै सहयोगमा भारतको प्रहरीसमक्ष मुद्दा दर्तासमेत भइसकेको छ। नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रीय महासचिव खगेन्द्रबहादुर सिंह र अधिवक्ता रतन शाही पीडितको न्यायका लागि खटिरहेका छन्। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले पनि यस घटनामा पीडितलाई न्याय दिन पहल गरिरहेको छ।via nepallive

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *