हिरो जसरी प्रस्तुत भए रवि लामिछाने

२०७६ भाद्र १०, मंगलवार २०:०९ गते २०७६ भाद्र १०, मंगलवार २०:०९ गते २०७६ भाद्र १०, मंगलवार २०:०९ गते

चितवन : संचारकर्मी रवि लामिछानेले २ बजे गर्ने भनिएको धन्यबाद सभा शुरु गरेका छन्। मंगलबार नारायणी नदी किनारमा आयोजित सभामा समर्थकहरुको बाक्लो उपस्थिति देखिएको छ। रवि लामिछानेले पाँच लाख धरौटीमा रिहा भएपछि मंगलबार विहान पत्रकार सम्मेलन सम्पन्न गरी दिउँसो धन्यवाद सभाको आयोजना गरेका हुन्। हजारौको संख्यामा भेला भएका समर्थकको भिडलाइ व्यवस्थित पार्न आयोजकलाई हम्मे हम्मे परेको छ।

उनीसँगै उनकी श्रीमती निकिता पौडेल, पत्रकार युवराज खतिवडा, नायिका श्वेता खड्का पनि मंचमा देखिए ।पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानको क्रममा प्रहरीले रवि लामिछानेसहित पत्रकार युबराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो । लामिछाने र कँडेललाई धरौटीमा रिहा गरिएको थियो भने अस्मिता कार्कीलाई शुद्धरुपमा रिहा भएको हो। रिहा भएता पनि रथप कानुनी प्रक्रिया अझै बाँकी रहेको छ।pnpkhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *