सुवास पुन भाद्र ११।
सुनगाभा सामुदायिक विकास केन्द्र कंचन-४ को आयोजना र युनाइटेड मिशन टु नेपालको सहयोगमा गैंडहवा गाउँपालिका वडा नं ८ मैनियामा समाजका अगुवाहरूलाई मानव बेचबिखन विरुद्व समाजको भुमिका सम्बन्धि १ दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ।स्थानीय युवा क्लब ,आमा समुह र टोल विकास संस्थाका पदाधिकारीहरु तथा सदस्यहरु सम्मिलित तालिममा सुनगाभा सामुदायिक विकास केन्द्र द्वारा सञ्चालित “मानव बेचबिखन बिरुद्वको परियोजना”का प्रोग्राम कोअर्डिनेटर जितेन्द्र चौधरीले प्रशिक्षणको भुमिका निर्वाह गर्नु भएको थियो।
प्रशिक्षणको क्रममा बालबालिका,महिला र पुरुषहरु बेचबिखनमा पर्नुका मुख्य कारणहरु गरिबी,अशिक्षा,बेरोजगारी,अरुको देखासिकी,पैसाको लोभ,शरणार्थी जीवन,प्राकृतिक विपत्ति आदि रहेको र मानव तस्कर वा दलालहरुले विभिन्न बाहाना बनाई लोभ अनि प्रलोभनमा पारी मानिसहरूलाई विभिन्न देशमा लगेर बेच्ने र उनिहरुलाई श्रम शोषण र यौन शोषणको शिकार बनाउनुका साथै उनिहरहरुका महत्वपूर्ण शारीरिक अङ्गहरु समेत बेच्ने गरेको घटनाहरु दिन प्रतिदिन बढ्दै गरेको कुरा बताइएको थियो।
तालिमको अन्त्यमा प्रशिक्षार्थीहरुले आफ्नो धारणा राख्ने क्रममा यस तालिमले आफ्नो टोल समाजमा कसरी मानव बेचबिखनका घटनाहरु हुदो रहेछ भन्ने बारे प्रष्ट भएको र यसले धेरै हद सम्म आफ्नो चेतनाको स्तरमा बृद्वी ल्याएको र सक्रियताका साथ मानव बेचबिखन विरुद्वको अभियानमा लाग्न थप उर्जा मिलेको बताए ।
तालिममा उपस्थित गैंडहवा ९ का वडा अध्यक्ष टेकबहादुर बलाल,सुनगाभा सामुदायिक विकास केन्द्रका अध्यक्ष प्रेम बिक र विकास केन्द्रकि सामाजिक परिचालिका सगुन राहाडीले प्रशिक्षार्थीहरुलाई आफुले सिकेका कुराहरूलाई आफ्नो समुदायमा लागू गर्नु पर्ने र मानव बेचबिखनका बारेमा सबैलाई सजक बनाउनु पर्ने बताए ।
Views: 0