चलचित्र ‘पोइ पर्‍यो काले’को फर्स्ट लुक पोस्टर संगै रिलिज डेट सार्बजनिक

२०७६ भाद्र १५, आईतवार १६:४८ गते २०७६ भाद्र १५, आईतवार १६:४८ गते २०७६ भाद्र १५, आईतवार १६:४८ गते

शिशिर राणाको कथा तथा निर्देशन रहेको चलचित्र ‘पोइ पर्‍यो काले’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्बजनिक पोस्टरमा आकाश श्रेष्ठ,पूजा शर्मा ,सौगात मल्ल, श्रृष्टी श्रेष्ठ र सोहित मानन्धर अटाएका छन् । चलचित्रमा सौगात मल्ल काले पोइ बन्ने छन् भने उनको जोडी सृष्टि श्रेष्ठ हुनेछिन्। आकाश श्रेष्ठ र पूजा शर्मा अर्को जोडीका रूपमा देखिने चलचित्रमा सृष्टि र पूजा दिदीबहिनी हुनेछन्। यसबाहेक सोहित मानन्धर, बिन्दा खतिवडा, राजाराम पौडेल, राजेन्द्र नेपाली, गोपाल ढकाल ‘छन्दे’ र निर्देशक राणा स्वयं यसका कलाकार रहेका छन्।

सुरक्षा पन्त अतिथि भूमिकामा देखिने छिन्। दीपक मनाङे (राजीव गुरुङ), अ। देवी राई, किरण नेपाली, रघु परियार, अर्जुन खनियाँ र देव तामाङलगायतको निर्माणमा बनेको चलचित्रमा सुवास भुसाल र पुरुषोत्तम लामिछानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने, रविन शाहको नृत्य निर्देशन र तारा थापा किम्भेको सम्पादन छ। चलचित्र कात्तिक ८ गते बाट प्रर्दशनमा आउने तयारीमा रहेको छ ।srsnepal

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *