‘रियल हिरो २०७६’ पुरस्कारबाट मानव कल्याण समाज सम्मानित

२०७६ भाद्र १५, आईतवार २१:४६ गते २०७६ भाद्र १५, आईतवार २१:४६ गते २०७६ भाद्र १५, आईतवार २१:४६ गते

भक्तपुर : काठमाण्डौ सिनामंगलमा रहेको काठमाण्डौ विनायक शिक्षालय (KVS)ले यस वर्षको ‘रियल हिरो २०७६’ पुरस्कार भक्तपुरको मानव कल्याण समाज (सेवा घर)लाई प्रदान गरेको छ ।मानवीय कल्याणको कार्यलाई सर्वोत्कृष्ट सामाजिक कार्यको रुपमा अग्रस्थानमा राख्दै उक्त शिक्षालयले शनिबार तीज विषेश समारोह कार्यक्रम आयोजना गरी सेवा घरलाई सम्मान गरेको हो।उक्त पुरस्कारको प्राप्तिले मानव कल्याण समाजलाई मानवीय कार्यमा अघि बढ्न थप जिम्मेवारी तथा उत्प्रेरणा मिलेको भन्दै मानव कल्याण समाजकी संचालिका सुमित्रा चौलागाईले आफ्नो फेसबुकमा स्ट्याटस राखी जनाएकी छिन्। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ यतुमहादेव मन्दिर नजिकै रहेको मानव कल्याण समाज सेवा घरमा पारिवारिक, शारीरिक र मानसिक समस्याबाट पिडित भएपछी सडकलाई आश्रयस्थल बनाएकाहरुको उद्धार गरेर सेवा गरिन्छ । उदार हृदय भएका सहयोगी नेपाली मनहरुकै नै दिएको मानामुठीले यो सेवाघरको चुल्हो बल्दै आएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *