सुबास बेल्बासे रुपन्देही कंञ्चन जेसिसको आयोजनामा सञ्चालित जेसिस सप्ताह २०७६को एक कार्यक्रमका बीच कंचन ३ हरैयामा समापन गरिएको छ।हरैया चोकमा सवारी दुर्घटना न्यूनीकरण गर्नको निम्ति ट्राफिक बेरिकेट्स हस्तान्तरण गरिएको छ।कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी भिमलाल भट्टराईले कंचन जेसिसले छोटो समयमा समाजमा दिर्घकालीन रुपमा सकारात्मक प्रभाव पर्ने खालको कामहरु गरिरहेको र यो क्षेत्रमा हुने सडक दुर्घटनाको बारेमा आफुलाई समय समयमा रिपोर्टिङ भैरहने गरेकोले सवारी दुर्घटनाको पछाडी दुई प्रमुख कारणहरु पहिलो तिब्र गति र दोस्रो मादक पदार्थ सेवन गरि सवारी साधन हाक्ने बानी रहेकोले यस्तो किसिमले सवारी नहाक्न सबैमा आग्रह गर्दै हरैया चोकमा स्थापन गरिएको ट्राफिक बेरिकेट्सले सवारी दुर्घटना जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने र साथसाथै युवाहरूमा बढ्दो लागुऔषध दुर्व्यसनीलाई नियन्त्रण गर्न कंचन जेसिस अझ सशक्त भएर अगाडि बढ्नु पर्ने र यो काममा आफ्नो टिमको पुर्ण सहयोग रहने बताए।
कंचन जेसीसले भाद्र ६ गते देखि १४ गते तिज मिलन तथा जेसिस सप्ताह उद्घाटन कार्यक्रम , गजेडी मा.बि कंचन २,गौतम बुद्ध आधारभुत विद्यालय कंचन २का बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण,हरैया बजारमा सरसफाई कार्यक्रम, स्वस्थ जीवन जिउने कला सम्बन्धि एक दिने सेमिनार र विभिन्न ठाउँमा ट्राफिक बेरिकेट्स स्थापना गरि सप्ताहब्यापीरुपमा कार्यक्रमहरु सम्पन्न गरेको छ।
जेसिस सप्ताह समापन तथा ट्राफिक बेरिकेट्स हस्तान्तरण कार्यक्रममा जेसिस सैनामैनाका अध्यक्ष सुभास पौडेल,कंचन ४ का वडा अध्यक्ष दुर्गा क्षेत्री,कंचन ५ का वडा अध्यक्षले शुभकामना मन्तब्य राखेका थिए। जेसिस सप्ताह भाद्र ६ गते सुरु भै १४ गते कंचन जेसिसका अध्यक्ष चुडामणिा पौडेलको अध्यक्षता,इप्रका बुटवलका प्रमुख डिएसपी भिमलाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो
Views: 0